शुष्मा पराजुली
बारा
३ माघ २०७८
जबरजस्ती करणी गरी बालिका हत्या गरेको आरोपमा आमाछोरा पक्राउ परेका छन् ।
जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं.८ कोतवालीका २० बर्षिय सन्तोष साह कानु र उनकी आमा ४० बर्षिय शान्ती देवीलाई बारा प्रहरीले पक्राउ गरेको हो । गत सुक्रबार पक्राउ परेका आमाछोरालाई प्रहरीले आईतबार साँझ मात्रै सार्वजनिक गरेको छ ।
सन्तोषले स्थानिय मोतीलाल साह कानुकी ९ बर्षिया छोरी रुपमाला कुमारी साहलाई बलात्कार गरी हत्या गरेको र आमा शान्ती देवीले अपराध लुकाउन खोजेको आरोपमा पक्राउ गरिएको बारा प्रहरी नायव प्रहरी उपरिक्षक (डिएसपी) राजेश थापाले बताउनु भयो ।
बाख्रा चराउन गएकी बालिका पौष २५ गतेबाट हराएकी थिईन् । उनको २७ गते अपराहन्न साँढे १२ बजे स्थानिय जमुनी खोलामा शव फेला परेको थियो । शव फेला परेको सुचना पश्चात तालिम प्राप्त कुकुर सहित खटिएको प्रहरीको अनुसन्धान टोलीले बालिकाको हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।
बाखा चराउने क्रममा पानि लिन गएकी बालिका बेपत्ता भएकी थिईन् । बालिका बेपत्ता भएको नजिकै पक्राउ परेका सन्तोषका बाबु विन्देश्वरले संचालन गरेको कुखुरा फारम छ । पानि लिन त्यतै गएका बेला सन्तोषले उनको हत्या गरेको अनुसान्धाबाट खुलेको डिएसपी थापाले बताउनु भयो । पानि लिन कुखुरा फारम तीरै गएकी बालिका नफर्किएको भन्ने स्थानियको भनाईका आधारमा शुस्म अनुसन्धान थालेको प्रहरीले घटना भएको साता नवित्दै आरोपीलाई पक्राउ गरेको हो ।
बालिका हराएको दिन विन्देश्वरका छोरा सन्तोष मात्रै कुखुरा फारममा रहेको र उनले पानि खान आएकी बालिकालाई जवरजस्ती करण गरी हत्या गरेर खोलामा फालेकोे सन्तोषले स्विकार गरेका छन् ,डिएसपी थापाले भन्नु भयो ।
सन्तोषकी आमा शान्ती देवीले घटना भएको थाहापाई शव लुकाउन र अपराध खुल्ने सबुत नष्ट गर्ने कार्यमा छोरालाई सघाएको अनुसन्धाबाट देखिएकाले उनलाई समेत पक्राउ गरीएको हो । उनीहरुको पोलिग्राफ परिक्षण समेत गरिएको र सो परिक्षणबाट समेत अपराध उनीहरुबाटै भएको पुष्टी भएको छ । पक्राउ परेका आमा छोरा दुईलाई जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ,डिएसपी थापाले जानकारी दिनु भयो ।
सन्तोष र उनकी आमालाई लागेको आरोप प्रमाणीत भएका खण्डमा आजिवन काराबासको सजाँय हुने कानुनी ब्यवस्था छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी थापा र प्रदेश २ प्रहरी कार्यालयका अनुन्धान अधिकारी डिएसपी ज्ञान कुमार महत्तोको टोली खटिएको थियो ।
फोटोमा ः पक्राउ परेका सन्तोष र उनकी आमा शान्ती देवी