पुष्पराज खतिवडा
५ माघ २०७८
बारा

अत्याधिक जाडो र शितलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गत आईतबार देखी शितलहर सहित लगातार चिसो बढिरहेको हो । मानिसहरुको चहलपहल कम भएको छ । सवारी साधनहरुमा यात्रुको संख्या घेटको छ । कलैया जितपुर, सिम्रौनगढ लगायत जिल्लाका ठुला बजारहरुमा किनमेल गर्नेहरुको संख्या ह्वातै घटेको स्थानिय ब्यपारिहरुले बताएका छन् । सिमरा काठमाण्डौं उडान समेत प्रभाति बनेको सिमरा विमान स्थल कार्यालयले जनाएको छ । यती, तारा, बुद्धएयरका दैनिक १६ उडान हुँदै आएको थियो । ४ दिन यता साँझपख मुस्कीलले ५ वटा उडान भएको सिमरा नागरिक उड्यन कार्यालय बाराका सुचना अधिकारी उप प्रबन्धक सुरेन्द्र सिंह कुशवाहले बताउनु भयो । राजधानीसँग जोड्ने छोटो दुरीको हवाई रुट हो सिमरा ।
शितलहरका कारण गरिव विपन्नहरुको जीवन जोखिममा परेको छ । बालबालिका वृद्धवृद्धाहरु जाडो छल्न आगो तापेर सकसपूर्ण बाँचिरहेका छन् । गतीलो ओड्ने ओछ्याने नहुँदा आगो तापेर बस्ने गरेको कलैया उपमहानगरपालिका २४ श्रीपुरकी ६३ बर्षिया वृद्धा विसमती देवीरामले बताउनु भयो । दिनभरी आगो ताप्ने रातपरेपछी आगोको छेउमा सुकुलमाथी तन्ना ओडेर सुत्ने गर्छौं ,वहाँले भन्नु भयो । सरकारले दिँदै आएको भत्ताको रकम आफु र श्रीमानको उपचार अनी औषधीमै सकिन्छ कहाँबाट सिरक डसना ल्याउनु वहाँले भन्नु भयो ।
बर्षेनी गरिबको काल बनेर जाडो आउँछ । न्यानो कपडा अभावमा बालबालिकाहरु स्कुल जान पाउँदैनन् । ताजा र पोषिलो खाना दिन मजदुरी गर्न जान सक्ने अवस्था छैन । जाडो कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ वृद्धा रामले सुनाउनु भयो ।
जिल्लाका प्रसौनी, कलैया , जितपुरसिमरा, परवानीपुर, करैयामाई, महागढिमाई लगायतका पालिकाहरुमा रहेका दलित विपन्नहरुको बाक्लो बस्तीका हजारौं मानिस जाडोले अती प्रभावित बनेका छन् । अती जाडो बड्दा अघिल्ला बर्षहरुमा स्थानिय पालिका ,नेपाली सेना ,प्रहरीले ठाउँठाउमा दाउरा दिएर आगो ताप्ने ब्यवस्था मिलाउने गरेका थिए । शुरक्षाकर्मी , सामाजिक संघसंस्थाहरुले न्यानो कपडा वितरण गर्ने गरेका थिए । तर यसबर्ष जनप्रतिनधि शुरक्षाकर्मी संस्थाहरुबाट विपन्नका लागि राहत हुने कार्यक्रम ल्याएका छैनन् ।
नेपाली सेनाको ज्वाला दल गण कलैयाका प्रमुख सेनानी भुपेन्द्र गादारले अघिल्ला बर्षहरुमा झैं यसबर्षपनि विपन्नका लागि राहत हुने कार्यक्रम ल्याउने तयारी भैरहेको बताउनु भयो । अघिल्लो साता जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालको अध्यक्षतामा बसेको बैठकले जाडोबाट जिल्ला बासिलाई बचाउन दाउरा, न्यानो कपडा सहित जिल्ला सबै पालिका शुरक्षकर्मी परिचालित हुने निर्णय गरेको छ । सोही आधारमा नेपाली सेनाले आफ्नो तयारी गरिरहेको प्रमुख सेनानी गदारले जानकारी दिनु भयो ।
फोटोमा ः अत्याधिक जाडो बढेपछी आगो ताप्दै विसमती देवी ,उनका पति रामाज्ञा राम र नातीनी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय