बारा,कलैया
कलैया उपमहानगरपालिका ६ स्थित पुजा लजमा शनिबार विहान एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।
लजको कोठा नं.४ मा गत मंलबारबाट बस्दै आएका भारत उत्तर प्रदेश मुजर्फपुर नगर खालातार बस्ने बर्ष ३८ को सैयद इमरान जैदी मृत अवस्थामा भेटिएका हुन् । जैदीसँग अर्काएकजना समेत थिए । उनी सुक्रबार गएपछि एक्लै सुतेका जैदि शनिबार अबेर सम्म नउठेपछि लज संचालकले प्रहरीलाई खबर गरेका थिए । खबर लगतै पुगेको प्रहरीले भित्रबाट लक भएको कोठा खोल्दा नाकबाट रगत बगिरहेको अवस्थामा जैदीको शव विस्तारामा फेला परेको बारा प्रहरीले जनाएको छ ।
लजको आगन्तुक दर्ता कितावको रेकर्डमा मुजर्फपुर नगर ठेगाना उल्लेख भएका अन्दाजी ३५ / ४० बर्षिय जैदिको कोठा भित्रै मृत्यु भएको पाईयो । उनको केकती कारणले मृत्यु भएको हो, सोको अनुन्धान भैहेको छ । जैदिको शव जिल्ला अस्पताल कलैयामा राखिएको बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनु भयो ।