९ माघ २०७८
काठमाण्डौं ः मानव अधिकार तथा शान्ति समाजले यातायात तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई वर्खास्त गर्न माग गरेको छ ।
समाजका केन्द्रिय सभापती गोविन्द खनालद्वारा आईतबार जारी प्रेस बिज्ञप्तिमा मन्त्री यादवले गत बुधबार रौतहटको गौरमा दिएको आपत्तीजनक अभिब्यक्तिको निन्दा गर्दै तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरिएको छ ।
मन्त्री यादवले पदको गरिमा विपरित अपराधिक मार्गलाई बढावा दिने गरी लोकतान्त्रीक मर्यादाको खिलाफ अभिब्यक्ति दिएको शान्ति समाजले भनेको छ । उनलाई गरिमामय पदमा राखिरहन नहुने भन्दै बरखास्तीको माग गरेको समाजले सिके राउत नेतृत्वको जनमत पार्टिको समेत निन्दा गरेको छ ।
जनमतका कतिपय प्रदर्शन अराजक उश्रृङ्गखल एवं अशोभनिय गतिविधिको मानव अधिकार तथा शान्ती समाज निन्दा गर्दछ, सभापति खनालद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ ।