सिमरा
९ माघ २०७८
सिमरामा आईतबारबाट विविसा होटल एण्ट रेष्टुरेण्ट संचालनमा आएको छ । मकवानपुरका विजय लामाले होटल संचालनमा ल्याउनु भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थीत यसअघि होटल सान्सा भएको स्थानमा लामा दम्पतीले नयाँढंगमा ब्यवसाय संचालनमा सुरु गरेका हुन् ।
बैदेशिक रोजगारीबाट फर्किएका लामा दम्पतीले विदेश नगई आफ्नै मुलुकमा स्वरोजगार बन्ने सोचका करिब १० लाख रुपैँयाको लगानीमा ब्यवसाय विस्तार गरेको बताए । यसअघि लामा दम्पतीले एयरपोर्ट रोडमा विविसा खाजा घर संचालन गर्दै आएका थिए ।
भविष्यमा अतिथि घर समेत संचालन गर्ने उदेश्य राखेका छौं । नयाँ ढँगबाट सुरु भएको होटलमा हाल खाना, चिया ,खाजा र मदिरा उपलब्ध हुने विजयले बताउनु भयो । विविसा होटलमा लोकल कुखुराको मासु ,मकै तथा फापरको ढिँडो, थकाली खाना र सेकुवा हुनेछ । खसि, माछा,बंगुर, राँगा र बट्टाईका विभिन्न परिकार समेत उपलब्ध हुनेछ । मदिराका पारखीका लागि विभिन्न व्राण्डमा उपलब्ध गराईने लामाले जानकारी दिनु भयो ।
विषेशगरी कारखाना मजदुर, यातायातका मजदुर, कर्मचारीसँगै सिमरा, डुमरवाना, जीतपुर आसपासका ग्राहकको मन जित्ने योजना छ । सुपथ मुल्यमा पारिवारिक वातावरणमा सेवा दिईने विजयकी पत्नी मायाले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti