पुष्पराज खतिवडा
९ माघ २०७८
मनहर्वा,बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कुश्माडीमा ग्रामिण बजार संचालनमा आएको छ । स्थानिय कृषि उत्पादनको प्रबद्धन गर्ने उदेश्यले बजार संचालनमा ल्याईएको हो ।
हरेक हप्ताको मंगलबार र सुक्रबार बजार लाग्ने स्थानिय देवी बहादुर भण्डारीले जानकारी दिनु भयो । कुश्माडी बाहुनटोल स्थीत शिवमन्दिर परिषरमा गत मंलबारबाट संचालनमा आएको बजारमा तरकारी, फलफुल तथा माछामासुका पसल संचालन हुँदै आएका छन् , भण्डारीले

भन्नु भयो ।
स्थानिय उत्पादनलाई वृद्धि गर्दै राष्ट्रिय बजारसँग पहुँच वृद्धि गर्ने उदेश्यले बजार संचालनमा ल्याईएको स्थानिय जनप्रतिनीधि कुमार लामाले बताउनु भयो । बजार प्रवद्र्धन र ब्यपार शुरक्षा सहित बजार क्षेत्रमा आवश्यक शंरचना निर्माण गर्नका निमित्त आर्थिक सहयोग जुटाउने कार्य भैरहेका छन् । हाल सम्म करिव १ लाख रुपैया बराबर नगद तथा निर्माण समाग्री सहयोग प्राप्त भएको वहाँले बताउनु भयो ।

विहान बेलुकी खानामा आवश्यक तरकारीका लागि समेत अन्यत्र थाउनु पर्ने बाध्यता हटाउने प्रयास गरेका हौं । स्थानिय तमाम जनसमुदायले स्वागत गर्नु भएको छ , बजार ब्यवस्थापन समिति सदस्य पार्वती न्यौपानेले बताउनु भयो ।लामिडाँडा, कुश्माडी थारुटोल , बडहर्वा, डकाह, पैनीटोल, पिलुवा, उचिडी, जैतापुर, रामनगर, भोडाहा लगायतका उपभोक्ता एवं कृषिजन्य उत्पादक किसानहरुका लागि लक्षीत गरि बजार संचालनमा आएको वहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय