मनहर्वा,बारा
१८ माघ २०७८
सुकेकोे सिमलको रुखले जोखिम बढाएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका –१८ को मोतीचोक–लामामिडाँडा सडकखण्डमा सुकेको रुखबाट कुनैपनि बेला मानविय क्षेती हुनसक्ने जोखिम भएको स्थायिले बताएका छन् । पानीटंकी नजिकै ठुलो र हाँगाविगा धेरै भएको रुखले दुर्घटना निम्त्याउन सक्ने त्रास उत्पन्न भएको छ । सिमलको रुख एकबर्ष अघिबाट मर्न थालेको हो । हाल रुखबाट मसिना हाँगा झर्न थालेको स्थानियले सुनाए ।

रुखको आसपास करिब आधा दर्जन घर समेत रहेकाले सुकेको रुख ढल्दा वा हाँगा भाँचिएर खसे जेपनि हुन सक्ने अवस्था छ, स्थानिय विनोद लोप्चनले बताउनु भयो । नजिकै कुटानी पिसान गर्ने मिल र विद्यालय छन् । सोही बाटो हुँदै दैनिक ठुलो संख्यामा मानिसहरु आवतजावत गर्ने गर्दछन् । हावाहुरीको समय नजिकँदै छ ,वहाँले भन्नु भयो ।

उत्तरमा खानेपानि टंकी सहितको कम्पाउण्ड, दक्षिण सडकसँगै मानव वस्ती र विद्युत प्रशासारण लाईन समेत छ । हाँगा खस्दा वा भाँचिएमा समस्या हुनसक्ने भएको हुँदा सम्बन्धीत निकायले समयमै रुख ब्यवस्थापन गरिदिनु पर्ने स्थानिय सामाजिक अगुवा गोपीकृष्ण खतिवडाले बताउनुभयो ।

यथाशिघ्र अनुगमन गरि सुकेका हाँगा काट्न लगाउने डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले बताउनु भयो । हाँगा काटेर भएपनि तत्कालका लागि जोखिम न्युनिकरण गरिने गर्छौ ,वहाँले भन्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय