
बारा
२१ माघ २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराबाट ३ हजार ५ सय घुस रकम सहित वडा सचिवलाई पक्राउ गरेको छ ।
आयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई विहिबार घुस रकमसहित पक्राउ गरेको हो । साह कलैया उपममहानगरपालिका वडा नं.२१ भोडाहाका स्थायी बासिन्दा हुन् ।


जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।