काठमाडौं । आर्थिक कारोबारमा विवाद भएपछि तीनजनाको हत्या गरेको आरोपमा प्रहरीले आरोपीलाई सार्वजनिक गरेको छ । आर्थीक काराबारमा संलग्न ३ सहकर्मीको हत्या गरी गाडेको आरोप लागेका उनीहरु तीनैजनालाई प्रहरीले केहीदिन अघि पक्राउगरी सार्वजनिक गरेको हो ।

मोरङ जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका( २१ निवासी ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका( ४ बस्ने दिनानाथ सोनार र धनपालथान गाउँपालिकाका बस्ने नजिर आलम छन् ।

अनिलको योजनामा ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय शम्भु चौधरी र मोहन लिम्बुको हत्या भएको प्रहरीको दाबी छ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथाम गाउँपालिका ७ मा भेटिएको थियो । उखुबारीमा गाडिएको अवस्थामा उनीहरुको शव माघ १३ र १४ गते उत्खनन् भएको थियो। बेपत्ता रहेका ६२ वर्षीय लिम्बुको बिहीबार ललितपुर महानगरपालिका( १२ ठेँचोमा गाडिएको अवस्थाको शव उत्खनन् भएको हो।

प्रहरीका अनुसार सुरूमा लिम्बु र त्यसपछि श्रेष्ठ र चौधरीको हत्या भएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा अनिलले लिम्बुको गत मंसिर २८ गते हत्या गरेर गाडेको बयान दिएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले बताए।

अनुसन्धानका क्रममा श्रेष्ठ, चौधरी र मण्डल मंसिर २९ गते सँगसँगै विराटनगर पुगेको खुलेको थियो ।

अनिलको जग्गा प्लटिङदेखि हाइड्रोसम्ममा लगानी रहेको पाइएको छ। ‘आर्थिक व्यवहारमा समस्या भएपछि उनीहरुको हत्या भएको देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन्। एसपी जिसीले घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय