बारा
२१ माघ २०७८
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुल्य वृद्धिको विरोधमा एकघण्टा मुख्य राजमार्ग बन्द गर्ने जनाएको छ ।

शनिबार विहान १०ः०० देखी ११ः०० बजेसम्म देशभरका राजमार्ग एक घण्टा बन्द गर्ने निर्णय भई सर्कुलर प्राप्त भएको जिल्ला अध्यक्ष संघर्ष उपनाम गरेका ब्यक्तिले टेलीफोन मार्फत जानकारी दिए । उनका अनुसार नेपाल कम्युनिष्ट पार्टीले मुल्य वृद्धिको विरोधमा दैनिकजसो कोणसभाको आयोजना गरिरहेको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकताहरुले विहिबार बाराको सिमरा चोकमा विरोध प्रदर्शन सहित कोणसभा गर्दै मुल्यविद्धिको चर्को विरोध गरे ।

कार्यक्रममा नेकपा चन्द समुहका कार्यकर्ताहरुले पेट्रोलिम पदार्थमा गरिएको मुल्य वृद्धिले जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

पार्टिका विभिन्न भातृ संगठनमा आवद्ध नेता कार्यकर्ताहरुले देश र जनता प्रति वर्तमान सरकार संवेदनहिन भएको आरोप लगाए । स्वास्थ्य, शिक्षा, रोजगारी, सडकपूर्वाधार सहित जनजिविका सवाल भन्दापनि सत्ता र शक्तीकै लागि मरिहत्ते गर्नमा गठबन्धन उद्दत रहेको उनीहरुको आरोप थियो ।

वक्ताहरुले एमसिसि राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न र भ्रष्टचार नियन्त्रणमा लाग्न सरकारको ध्यानाकर्ष समेत गराए ।
कार्यक्रमा यूवा संगठन नेपाल बाराका अध्यक्ष संर्घषको अगुवाईमा सम्पन्न भएको हो ।

संघर्षले सुक्रबार नेपाल आयल नियमको अमलेखगजं डिपोको मुख्य गेटमा कोणसभाको आयोजना गर्ने कार्यक्रम रहेको र बर्षाका कारण स्थगन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय