काठमाडौं । काठमाडौंमा जग्गाको आश गरिरहेका सुकुम्बासीमाथि एक गिरोहले ठगी गरिरहेको पाइएको छ। गिरोहले ‘दुई लाख रुपैयाँ दिए चार आना जग्गा पक्का’ भन्दै सुकुम्बासीलाई प्रलोभनमा पारेर ठग्न घटना प्रहरीले बाहिर ल्याएको छ।

आफू भूमी आयोगबाट खटाइएको कर्मचारी भएको भन्दै ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१६ वसन्तनगरमा सुकुम्बासीलाई प्रलोभन देखाएर ठगी गर्न लागेको अवस्थामा झापाको भद्रपुर स्थायी घर भइ काठमाडौंको टोखा बस्दै आएका ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौंको बूढानीलकण्ठ स्थायी घर भएका ४४ वर्षीय उद्धव भण्डारी पक्राउ परेका हुन् ।

उनी हरुको साथबाट प्रहरीले ल्यापटप, प्रिन्टरसहित भूमिहीनहरुलाई जग्गा प्रदान गर्न सरकारले बनाएका विभिन्न आवेदन बरामद् भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय