पुष्पराज खतिवडा
२८ माघ २०७८
नेपाली काँग्रेस बाराको जिल्ला अधिवेशनको मिति टुँगो लागेको छैन । संस्थापन र ईतर भनिएका समुहबाट हाल सम्म जिल्ला सभापतिका लागि ३ जनाले दाबी प्रस्तुत गरेका छन् । निर्वाचन परिमाण आफ्नो पक्षमा पार्न नेताहरुले दौडधुप बढाएका छन् ।
संस्थापनबाट कलैयाका राजेशराय यादव र निजगढ निवासी शम्भु बुढाथोकी मैदानमा छन् । भने ईतर समुहका तर्फबाट नेता कलैयाकै रामानन्द यादवले नेतृत्व दावी गरेका छन् । सबैले आफु बलियो रहेको दावि गरिरहेका छन् ।
दावि प्रस्तुत गर्नेहरु मध्य कलैया उमहानगरपालिकाका मेयर समेत रहेका राजेश राय यावदले जिल्लाको नेतृत्व आफुले पाउने बलियो संभावना रहेको आधार प्रस्तुत गर्ने प्रयास गरे । मतदाताहरुले पुराना र धेरैपटक चुनाव लेडेका अनी अर्काको बैषाखी बनेर चुनाव लड्नेलाई मत नदिने पक्का छ, आफ्नो दावीको पहिलो आधर यही हो, उनले भने ।
यस्तै “नेपाली काँग्रेसका न्यायप्रेमी मतदाताले आफुलाई खोजेकाले पहिलो चरमै ५५ देखी ६० प्रतिशत मत ल्याएर आफुले काँग्रेस बाराको नेतृत्व पाउनेमा म विश्वस्त छु । त्यसका लागि कार्यकर्ताको चाहनालाई प्राथमिकतामा राखेर भेटघाट र छलफलमा सक्रिय छु, ” यादवले सुनाए ।
उनले अघि भने “रामानन्द यादव यस अघि सभापतिका लागि चुनाव लडेर पराजित भएका ब्यक्ति हुन् । भने बुढाथोकी आफ्नो ताकतमा भन्दापनि पूर्वमन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्रीले अघि सारेका ब्यक्ति हुन् । त्यसैले म कार्यकर्ताको रोजाईमा चुनामी मैदानमा छु , ” उनले भने ।
जिल्लाको चारै निर्वाचन क्षेत्रमै बलियो छु । ४० प्रतिशतमा अन्य उमेदवारले मत पाउने आधार देखिएको छ । उनले आफुपछिको बलियो रामानन्द यावदलाई देखेका छन् । उनका पक्षमा नचाहँदा नचाहँदैपनि जातीय प्रभाव देखिन सक्छ । भने बुढाथोकिले तेस्रा स्थानको मत पाउने पक्का छ ,यादवले सुनाए ।
मेयर यादवका अनुसार वडा अधिवेशनबाट यसअघि नुचिएका २ हजार ४ सय ८३ जना मतदाताले जिल्ला अधिवेशनबाट नेतृत्व टुँगो लगाउने छन् । त्यसका लागि केन्द्रले मधेश प्रदेशका ८ जिल्ला सहित देशभरी यसअघि रोकिएका १६ जिल्लाको अधिवेशन मिति तय गर्नु पर्ने हुन्छ । संभवत चाँडै अधिवेशन मिति तोकिने र यही फागुन १६ भित्र सम्पन्न हुने छ, यादवले सुनाए ।
जिल्ला नेतृत्व छनौटमा सहभागि हुने मतदाता जिल्लाको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. २ मा सबैभन्दा बढी ६९८ जना छन् । यस्तै सबै भन्दाकम क्षेत्र नं. ४मा ५३८ छन् ,भने क्षेत्र नं.१मा ६४३ र ३ मा ६०४ जना रहेको जिल्ला सभापतिका दावेदार यादवले जानकारी दिए । सबै क्षेत्रबाट आफुले चाहे अनुसारकै मत पाउने उनले दावी गरे ।