२८ माघ २०७८
बारा :
वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सरकारी सम्पती तोडफोड गरेको भन्दै आलोचना भईरहेको छ । समस्या समाधानको अन्य विकल्प हुँदाहुँदै तोडफोडमा उत्रनु गलत भएको प्रतिक्रिया आउन थालेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भोजबहादुर खत्रीले कार्यालयमा तोडफोडको विषय आपत्तीजनक रहेको बताए । उनले कार्यपालिका बैठकभित्र छलफल गरेर टुंग्याउनुपर्ने भएपनि वडाध्यक्षको गरिमा बिर्सेर तोडफोड गर्नु गलत रहेको बताए ।

वडाध्यक्ष खत्रीले तत्काल कार्यपालिका बैठक राखेर यस विषयमा छलफल हुनुपर्ने बताए । वडा नं. १६ का वडाध्यक्ष केदारनाथ बजगाईले पनि वडाध्यक्ष जनताले मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिले कार्यालय तोडफोड गर्नु अत्यन्तै दुःखद् रहेको बताए ।
यस्तै वडा नं. ११ का अध्यक्ष विनोद यादवले जिम्मेवार व्यक्तिबाटै तोडफोड हुनु अत्यन्तै निन्दनिय विषय रहेको बताएका छन् । उनले यस्तो घटनाले जनप्रतिनिधिप्रति आमजनताको धारणा नकारात्मक हुने बताए ।

वडा नं. ७ का अध्यक्ष रामबाबु गुप्ताले सार्वजनिक सम्पती तोडफोड गर्ने कार्य उचित नभएको प्रतिक्रिया दिएका छन् । काम गर्ने क्रममा समस्या आए त्यसलाई छलफलबाट टुंग्याउनुपर्ने भएपनि कार्यलयमा तोडफोड गर्ने कार्य दुःखद् रहेको गुप्ताको भनाई छ । घटनाको विषयलाई लिएर सामाजिक संजालमा समेत चौतर्फी आलोचना भईरहेको छ ।

योजना सम्झौताको विषयलाई लिएर वडाध्यक्षनै तोडफोडमा उत्रिएपछि जीतपुरसिमरा उपमहानगरपालिकाको कामकाज अन्यौल बनेको छ । वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिनै तोडफोडमा उत्रिएपछि कर्मचारीहरु कार्यालयमा पुगेर काम गर्ने मनस्थितीमा छैनन् ।

कर्मचारी कार्यालयमा नआए नियमित कामकाज प्रभावित हुनेछ । उपमहानगरपालिकाको कार्यालयमा विहिवार भएको घटनापछि अधिकांश कर्मचारी त्रसिद देखिएका छन् । उनिहरुले स्थिती सामान्य नभएसम्म काममा फर्कनुको औचित्य नरहेको बताउन थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा विहिबार दिउँसो वडाअध्यक्षले तोडफोड गरेका थिए । योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोसित १७ नं। वडाका अध्यक्ष नवराज खड्का तोडफोडमा उत्रिएका थिए।

बजेट सिलिङ्ग भित्र वडाले छानेका योजनाको सम्झौता गर्न नदिएको भन्दै आक्रासित खड्काले नगरप्रमुख डा। कृष्ण पौडेलको टेबल तथा कार्यकारी प्रशासकिय चेतकुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर सामाग्रीमा क्षती पुगेको छ ।
यस्तै योजना शाखाका आधा दर्जन कम्प्युटर सामाग्री तोडफोड भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय