
एजेन्सी: अमेरिकाको पेन्टागनस्थित रक्षा मन्त्रालयको सुरक्षा क्षेत्रभित्र लुसुक्क छिरेको अभियोगमा एउटा कुखुराको पोथीलाई पक्राउ परेको छ ।
स्थानीय जनावर कल्याण संस्थाका अनुसार गत सोमबार बिहानै उक्त पोथी रक्षा मन्त्रालय परिसर क्षेत्रमा देखा परेको थियो ।


एनिमल वेलफेयर लिग अफ आर्लिङटनले सोसल मिडियामा जानकारी दिए अनुसार उक्त कुखुरालाई रक्षा मन्त्रालयका अधिकारी वा सेनाले होइन जनावर कल्याण संस्थाका कर्मचारीले नियन्त्रणमा लिएका हुन् ।
संस्थाकी प्रवक्ता चेल्सी जोन्सले उक्त कुखुरा ठ्याक्कै कुन ठाउँमा देखिएको हो भन्ने खुलासा भने आफुले गर्न नसक्ने बताएकी छिन् ।
कुखुरा ठ्याक्कै कहाँ फेला परेको हो भन्ने बारेमा बताउन आफुहरुलाई अनुमति नभएपनि सुरक्षा जाँच क्षेत्रमा हो भन्ने कुरा चाहीँ खुलाउन सकिने उनले
बताइन् ।
उक्त कुखुरा कहाँबाट आएको हो र पेन्टागनभित्र कसरी छिर्यो भन्ने कुरा चाहिं प्रष्ट नभएको उनको भनाइ छ । खैरो प्वाँखा र रातो टाउको सहितको उक्त कुखुरा रोड आइल्याण्ड रेड जातको कुखुरा हो । उक्त कुखुराको नाम हेन्नी पेन्नी राखिएको छ ।
उक्त कुखुरालाई संस्थाकै एकजना कर्मचारीले आफ्नो घरमा पाल्ने निर्णय पनि भएको छ ।