काठमाडौं । फिल्म निर्माता, निर्देशक एवं चर्चित अभिनेत्री रेखा थापाले अदालती प्रकृयामा दोस्रो विवाह गरेकी छिन् । जानकारी अनुसार उनले जाजरकोटका बलराम शाहीसँग काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका हुन् ।
शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा एक्लै थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए ।
गत माघ १२ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको हो ।