बारा
२ फागुन २०७८
साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले ४ बर्षे कार्यकालका लागि पुनः मिश्रीलाल सहनीको अध्यक्षतामा ७ सदस्य संचालक समिति समेत सर्वहमतीमा चयन गरेको छ ।
सोमबार जितपुरसिमरा उपमहानगरपालिका–१२, को फत्तेपुरमा सम्पन्न साधारणसभाले संघको उपाध्यक्षमा नयनकला खड्का, सचिवमा रामएकवाल चौधरी, कोषाध्यक्षमा विन्दा सिंह राजपुतलाई चयन गरेको गरेको छ ।
यस्तै सदस्यहरुमा संजिला खातुन, जयकिसुन चौधरी र अस्तुर्नी देवी चौधरीलाई सर्वसहमत रुपमा चयन गरेको निर्वाचन कमिटीका संयोजक झपेन्द्रराज बरालले जानकारी दिए ।
संघको लेखा शुपरिवेक्षण समितिको संयोजकमा रामलखन प्रसाद यादव र सदस्यहरुमा केदार बहादुर भण्डारी तथा धुरेन्द्र कुश्वाह चयन भएका छन् ।
निर्वाचित कार्यसमितिलाई बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुर एवं निर्वाचन समितिका संयोजक बरालले पद तथा गोपनियताको सपथ गराएका थिए ।
संघमा १३२ संस्था आवद्ध भएनि २५ वटा संस्थाहरुले मात्रै सदस्यता नविकरण गराएर कार्यक्रममा सहभागिता जनाएका थिए । कृषि सहकारी संघ बाराले सदस्य संस्थाहरुको सहजताका निमित्त सहजीकरण एवं प्राविधिक सहयोग गर्दै आएको छ ।
संघको बार्षिक साधारणसभाको उद्घाटन पूर्व कृषि मन्त्री एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य ज्वाला साहले गर्नु भएको थियो । प्रमुख अतिथी समेत रहनु भएका साहले कृषि पेशाले जीवन धान्न सक्ने अवस्था अझै नरहेका बताईन् । उत्पादनमा विचौलियाको प्रभाव रहेकाले कृषकले उचित मुल्य नपाएको बताईन् ।
कार्यक्रममा बचत संघका अध्यक्ष ठाकुर, कृषि संघका संस्थापक अध्यक्ष शिव प्रसाद अधिकारी, पूर्व उपाध्यक्ष कनाईलाल थारु लगायतको सहभागिता रहेको थियो ।