पुष्पराज खतिवडा
बारा
३ फागुन २०७८
पूर्व प्रधानमन्त्री माधन कुमार नेपाल सहितको उच्च स्तरिय टोलीले बाराको टाँगियाबस्तीको निरिक्षण गरेको छ । अन्तराष्टिय विमान स्थल निर्माण गर्ने सरकारी योजना सुनाउँदै यहाँको बस्तिको उचित ब्यवस्थापन गर्ने विषयमा टोलीले स्थानियसँग अन्तरक्रृया समेत गरेको छ ।

सरकारका नागरिक संकृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ, वन मन्त्री रामशहाय यादव,नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, टोलीमा सहभागि थिए । यस्तै बागमती प्रदेशका मख्यमन्त्री राजेन्द्र पाण्डे, मधेश प्रदेशका मन्त्रीहरु, संघिय सांसद, नेता तथा नेपाल सरकारका सचिवहरु सहित करिब ३ दर्जन उच्चपदस्थ टोलीमा सहभागि थिए ।

यस क्रममा पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले जुनसुकै मुल्यमा निजगढ विमानस्थलको कामलाई तिव्रता दिने योजना सुनाए । नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसले अघि सारेको योजना भएकाले काँग्रेस यसकार्यलाई सफल पार्ने पयत्नमा रहेको बताए ।

टाँगियाका जनतालाई उच्च प्राथमिकतामा राखेर स्थानातरण गर्ने विषयमा सरकार गम्भिर ढंगले लागेको पर्यटन मन्त्री आलेले बताए । यसकार्यको थालनि भैसेकेको भन्दै आलेले यसै सरकारले स्थानियको उचित ब्यवस्थापन गर्दै विमान स्थल निर्माणलाई तिब्रता दिने बताए ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १६ को सो बस्तीमा १ हजार ४७६ बढी घरपरिवारमा १२ हजारबढी मानिस बसोबास गर्दै आएका छन् । यहाँ हालसम्म बत्ति विजुली, टेलीफोन, स्वास्थ्य संस्था र खानेपानीको राम्रोे सुविधा छैन ।

सामान्य जीवन यापनका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारी अवरोधले यहाँका मानिसले बर्षौदेखी दुःख भोग्दै आउनु परेको स्थानिय रमेश सापकोटा बताए ।

दलबल सहित आउने र हाम्रा हितमा बोल्ने अनी यहाँबाट फर्किएपछि विर्षने पुरानै रोग हो । यसपटक पनि कुरा राम्रै आए । केहीहद आशा यो टोलीमाथी पनि गरेका छौं । गर्नै पर्यो उनले भने । तर भरोशा गर्ने अवस्था अहिले पनि देखिएन । सरकारी टोलीको अनुगमन निरिक्षण र आस्वासनले समेत हामी आजीत बनेका छौं, सापकोटाले भने ।

विषेश घोषणा गर्ने भन्दै दलबल सहित काठमाण्डौंबाटै ठुला मिडियाकर्मी बोकेर तराई झरेको टोलीले यस अघिझैं सामान्य कुरा गरेर चुनावी माहोल बनाएको झैं भान भएको उनले भने । नतिजा हेर्न कुर्नै पर्छ कुरिरहेका छौं ,सापकोटाले सुनाए ।

हामी विकासका बाधक हैनम् । बस्ती ब्यवस्थापनका स्पस्ट खाका ल्याओस् । यहाँका बसिन्दाको चाहना विपरित भए हामीले अवरोध गर्ने अवस्था बन्न सक्छ ,त्यस्तो नहोस् भन्न चाहन्छौं उनले भने ।

झाँक्रीद्वारा दलितका घर बनाईदिने आश्वासन

यस्तै मंगलबार नै शहरि विकास तथा योजना मन्त्री रामकुमारी झाँक्रीले कलैया उपमहानगरपालिकाको २१ र २२को दलित बस्तीको निरिक्षण गरेकी छन् । उनले सो वडाको मटेरिया र खमवाका दलित परिवारको घर निर्माण गरिदिने बाचा गरेरकी छन् । यहाँ करि २ सय दलित परिवारका बसोबार रहेको छ । दलबल सहित बारा आएकी मन्त्री झाँक्रीले मंगलबार नै बारा र पर्सा जिल्लाका विभिन्न स्थानको अवलोकन गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय