बारा
४ माघ २०७८
माओवादी नेता राजन पौडेलले देश आम निर्वाचन तर्फ धकेलिने आशंका गरेका छन् । वर्तमान गठबन्धन सरकार अमेरिकि परियोजना एमसिसिका कारण ढल्ने र देश आम निर्वाचनमा धकेलिने उनको आशंका हो ।

नेपाली काँग्रेसले मंगलबार आधिकारिक रुपमा निर्णय गरेर एमसिसि बुधबार बस्ने संसदमा टेबल गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी र एकिकृत समाजवादीले एमसिसिको विरोध गर्दै आएका छन् ।

यसै विच बुधबार विहान बसेको नेकपा माओदावी संसदिय दलको बैठकले एमसिसि संघिय संसदमा टेवल भए सोको विपक्षमा उभिने मात्रै नभएर सरकार छाड्ने सम्मको निर्णय गरेको छ । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेस र सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा एमसिसि कुनैपनि हालतमा पास गर्ने अडानमा छन् ।

सत्ता गठबन्धन भित्रै एकमत हुन नसकेको यो विषय संसदबाट पारित नहुने र गठबन्धन भत्कीने अवस्थाको सहजै अनुमान गर्न सकिन्छ । संसदमा ठुलो दल रहेको नेकपा एमालेले समेत आजको बैठकमा यसअघिझैं विरोधलाई निरन्तरता दिने बताएकाले सदनबाट एमसिसि पास हुने अवस्था देखिँदैन ।

वर्तमान राजनैनिक अवस्थाको मुल्याकंन गर्दै मधेस प्रदेश कमिटिका सदस्य समेत रहेका बाराको सिमरा निवासी नेता पौडेलले एमसिसि फेल हुने र देउवाले राजीनामा गर्ने अवस्था आउने बताए । एमसिसि पारित नभएपछि प्रधानमन्त्री देउवाले नैतिकताका आधारमा पदबाट राजीनामा दिए सरकार ढल्छ ।

संविधान त संसद विघटन हुने हुँदा आम निर्वाचन घोषण हुन सक्छ ,पौडेले अनुमान गरेका हुन् । यसरी स्थानिय र प्रतिनीधिसभाको निर्वाचन संगसँगै हुन सक्छ, होला नेता पौडेलल सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय