धिरज निश्पक्षको आलेख
फेब्रुअरी १६ मा युक्रेन विरुद्ध रुसले हमला गर्ने चर्चा व्याप्त छ । यी सबै मिडियाको मसलामात्रै हुन् भन्ने लाग्छ । तरपनि यदि साँच्चै युक्रेन–रुस युद्ध भएमा यो मामिला २ देशबीच मात्रै सीमित हुनेवाला छैन । कुनै न कुनै ढङ्गबाट पुरै दुनियाँ तानिन्छ÷डो¥याईन्छन् भन्ने लाग्छ ।
मेरो बुझाईमा यसको भित्री कारण भनेको रुसलाई क्रिमिया आफ्नो भएको सुनिश्चितता गर्नु र पश्चिमा देशहरुलाई क्रिमिया सम्बन्धी अन्तिम प्रयत्नमा निखार ल्याउनु हो ।
रुस यूक्रेन यूद्ध हुँदा चिन र भारतलाई कस्तो फाईदा वा बेफाईदा हुन्छ यस बारे चर्चा गर्ने प्रयास यस लेखमा गर्ने प्रयास गरेको छु ।
चीनलाई यो युद्धबाट सबैभन्दा लाभ चीनलाई पुग्ने देखिन्छ किन भने यूद्धले रुस र युक्रेन दुबै राष्टको अर्थतन्त्र थप धराशायी हुने निश्चित छ ।
यसमापनि रुस आर्थिक रूपमा कमजो हुँदैगएका बेला यूक्रेनसँगको तनावले थप ५० वर्ष आर्थिक रुपमा थला पर्ने हुन सक्छ ।
यस्तो अवस्थामा विश्वभर चलिरहेको समाजवादी÷कम्युनिष्ट कित्ताको नेतृत्वमा स्वभाविक रूपमा चीनको दाबी पुग्नेछ ।
अमेरिकासँगको आमुनेसामुनेमा रुसलाई मनग्यघाटा पुग्छ । अमेरिका रुसलाई कजोर पार्न युक्रेनलाई जस्तोसुकै सहयोग गर्न तयार देखिदैछ । जतिसुकै सम्पन्न र शक्तिशाली भएतापनि युद्धमा अमेरिकाको शाख र सामथ्यमा गिरावट आउने हुँदा, चीनको काउण्टरस्तरमा बढोत्तरी हुनेछ । त्यस्तै सबैको ध्यान पूर्वीयुरोप तर्फ केन्द्रित हुँदा, ताईवान र दक्षिण चीनसागरमा चीनलाई दबदबा कायम राख्न कब्जा गर्न सहज हुनेछ ।
यस्तै यो युद्ध हुँदा दोस्रो विश्वयुद्धमा असङ्लग्नताको अगुवा गरेको भारतको तटस्थाको पनि असली परीक्षण हुने देखिन्छ । युद्ध रुस र युक्रेन २ देशको भएतापनि त्योभन्दा ज्यादा तनाव भारत माथि पर्नेछ ।
सिद्धान्तः असङ्लग्नता भनेता पनि परम्परागत व्यवहारिकतामा रक्षारणनीतिमा रुसलाई साझेदार बनाएको भारतले पछिल्लो समय चीनलाई रोक्ने अर्को रणनीतिक साझेदारको रूपमा अमेरिकालाई नजिक्याएको छ ।
रुसलाई नएक्ल्याउने र अमेरिकालाई नचिड्याउने बीचको सन्तुलन कायम गर्न भारतलाई पारो फुट्ने ज्वरो आउने प्रवल सम्भावना देखिन्छ । कसलाई रोज्ने र कसलाई पन्छाउने चिन्ताले युद्ध सम्वद्ध देशलाई भन्दा धेरै तनाव भारतलाई देख्दछु ।