बारा
कलैया उपमहानगरपालिका वडा नं. २४ सखुईका रामजी चौधरीको उखुबारीमा आगलागि भएको छ ।
आईतबार साँझ सवा ५ बजे स्थानिय लखनलाल चौधरीले आफ्नो खेतमा उखुको पतकर जलाउने क्रममा आगो सल्कीएको प्रहरीले जनाएको छ । आगलागीका चौधरीको १ बिगाहा १० कठ्ठामा रहेको उखुबालिमा क्षेती पुगेको छ ।
स्थानिय र प्रहरीको सहयोगमा ३५ मिनेटपछि आगलागी नियन्त्रणमा आएको बाराका प्रहरी नायव उपरिक्षक विकाश थापाले जानकारी दिए ।