काठमाडौं : सहकारी विभागले सहकारी सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ ।
शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको समितिका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताउनुभयो । पटक पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निस्कर्षमा पुग्न सकेको थिएन ।
सहकारीले अभियानले बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता अभाव तथा बढेको ब्याजदर र सहकारीमा क्यापिङको रुपमा रहेको १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरले गर्दा सम्पत्ती दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै दवावमुलक अभियान नै संचालन गरेको थियो ।
सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले शुक्रबार आगामी फागुन १५ गतेदेखि लागु हुनेगरी उक्त निर्णय गरेको हो ।
सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकमा महासंघका अध्यक्ष मिनराज कडेललाई समेत आमन्त्रण गरिएको थियो । सो बैठकले अब चार÷चार महिनामा नियमित रुपमा बैठक बसी सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ ।
‘बजारमा ब्याजदर बढ्दै गएमो फेरी तत्काल बैठक पछि निर्णय गर्ने समेत सहमति भएको छ ।’
मल्लले बताउनुभयो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत तोकिएको थियो । यस अघि प्राविधिक उपसमितिको बैठक बसेको थियो । सहकारी संस्थाहरुका लागि तोकिने सन्दर्भ ब्याजदर सहकारी संस्थाहरका लागि निर्देशक ब्याजदरका रुपमा रहेन व्यवस्था छ ।
सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ का परिच्छेद ५(२३) ले सहकारी विभागले सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय