बडहर्वा, बारा
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. -१८ को बडहर्वामा ” दि गार्लिक कटेज” शनिबारदेखि संचालनमा आएको छ । कटेज सोही पालिका वडा नं. १६ टाँगियाका निमा लामाले संचालनमा ल्याएका हुन ।
करिब ३० लाखको लागतमा संचालनमा ल्याइएको कटेजमा लाइभ म्युजिकको साथमा विभिन्न परिकारको स्वाद पाइने संचालक लामाले बताए ।
तन्दुरी, खसी कुखुरा राँगा हाँसको सेकुवा , छोयला र विभिन्न ब्राण्डका मदिरा लगायत कटेजमा उपलब्ध हुने उनले बताए ।
स्थानीयसंगै कलैया सिमरा आसपासका सेवाग्राहीलाई लक्ष्यित गरि कटेज संचालनमा ल्याएको लामाले बताए ।
कटेजका तस्वीरहरु