
बारा
जिल्लाको उत्तरी क्षेत्रका अधिकांस खेतीयोग्य जमीन चिराचिरा पारिएको छ ।
काठमाडौमा कम्पनी दर्ता गरेर यहाँको जितपुरसिमरा , कलैया उपमहानगरपालिकाको उत्तरी क्षेत्र कोल्हवी तथा निजगढ नगर क्षेत्रका अधिकांस खेतीयोग्य जमीन काठमाडौका जग्गा कारोबारीहरुले एयरपोर्ट फस्ट्र्याक लगायतको सुबिधाको प्रलोभनमा पारी काठमाडौकै सोझासिधा मानिसलाइ धेरै महंगो मुल्यमा बेचीरहेका छन् ।
सस्तोमा किनेर महंगोमा बिक्री गरेपनी सरकारलाई भने वडाका जनप्रतिनिधि र मालपोतका कर्मचारीसंगको मिलेमतोमा न्यून मुल्य कायम गरि सोही अनुसार न्युन कर तिर्ने गरेको जानकारहरुले बताए ।
सामान्यतया खेतीयोग्य जमीन प्रतिकठ्ठा २ लाख देखि ५ लाख सम्म किनेर चिराचिरा पारि धुरकै ५ लाख सम्म बिक्री वितरण हुँदै आएको उनिहरुले बताए ।
यसरी महँगोमा जमीन किन्ने र बेच्नेमा अधिकांस काठमाडौ बासी छन् । यहाँको बिक्री योग्य ६० प्रतिशत जमिनमा काठमाडौकै कारोबारीको संलग्नता रहेको बुझिएको छ ।
उनिहरुको निहित स्वार्थले यहाँको खेती योग्री जमिन चिराचिरा मात्रै परेको छैन कि स्थानीयले किन्नै नसक्ने बरु बेचेर बेघरबार हुने जोखिम बढेको कोल्हवी नगरपालिका -६ का जितेन्द्र नारायण चौधरीले बताए ।

