पुष्पराज खतिवडा
२१ फागुन २०७८
बाराः नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर पार्ने खेल भैरहेको नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले बताएका छन् । प्रेस चौतारी नेपालको मधेश प्रदेशको शनिबार रौतहटको चन्द्रपुरमा हुने प्रादेशिक अधिवेशनमा पार्टीको तर्फबाट सहभागि हुनेमा सुक्रबार साँझ बारा आएका ज्ञवालीले सिमरामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “बर्तमान राजनैतिक परिघटनाको सार कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्नु हो ” उनले भने ।

एमाले जीतपुरसिमरा नगरपार्टी कार्यालय सिमरामा पूर्व स्थानिय विकास मन्त्री समेत रहेका उपाध्यक्ष ज्ञवालीले पूँजीवादी शक्तीले कम्युनिष्ट आन्दोलन कम्जोर पार्ने प्रयास गरिरहेको बताए । “ सबैभन्दा ठुलो र नेपाली जनताको अपार समर्थन रहेको एमाले पार्टीलाई कमजोर बनाउँदा आफ्नो स्वार्थ पुराहुने उनीहरुले देखेका छन् । वर्तमान घटनाक्रमले त्यही दर्शाउँछ ” उनले भने ।

संसारमै पहिलो पटक चुनावी प्रकृयाबाट राज्यशक्तामा कम्युनिष्टहरुको एकल उपस्थिती तीशक्तिलाई पचिरहेको थिएन । फलस्वरोरुप आफ्नै पार्टीभित्र विखण्डन गराएर पूँजीवादी शक्तिले खेलेको उनको भनाई थियो । “हाम्रै कतीपय अवसरवादी नेताहरु हाम्रै विवरुद्ध प्रयोग भए , जुन दुःखको कुरा हो । तर उनीहरुको त्यो सपना पुराहुन एमालेले दिने छैन । ”

एमाले सरकारले कठिन परिस्थीतीमा वागडोर सम्हालेको भन्दै उनले नयाँ ब्यवस्थालाइ स्थापित गर्न जनताले दिएको जिम्वेरारी एमाले सरकारले आंशिक पुरा गरेको बताए । एउटै छिमेकीसँगको निर्भरता तोड्दै चाईनासँग पारवाहन सन्धी, भुकम्पले भत्काएका संरचनाको पुनः निर्माण,हुलाकी सडक,पूर्वपश्चिम सडक सुधार सहित देश विकासमा महत्वपूर्ण उपलब्धीहरु एमाले सरकारले प्राप्त गरेका उनले बताए ।

“५ बर्षको पुरा अवधि काम गर्न एमाले सरकारलाई पूँजीवादीहरुको स्वार्थले दिएन । उनीहरुको स्वार्थ सिद्ध गर्न आफ्नैबाट घेराबन्दी गर्ने प्रयास भयो । जुन जग जाएर छ । त्यस प्रकारको घेराबन्दीको सामना गर्ने क्रममा सामान्य कम्जोरी भए । कजोरीबाट पाठ सिक्दै षडयन्त्रलाई परास्त गर्नुपर्ने छ उनले भने ।”

आन्तरिक समस्यालाई उचालेर पूजीवादी लागेर पार्टी र एमाले सरकारका विरुद्ध ,अनुचित ढंगबाट अदालत र संसद प्रयोग भए । यी घटनाको भित्री रहस्य कम्युनिष्टहरुलाई एकआपसमा लडाएर सर्वहारा वर्गको नेतृत्व गर्ने कम्युनिष्ट शक्तिलाई ध्वस्त पार्ने प्रयासका रुपमा एमाले बुझेको छ, ज्ञवालीले बताए ।

निर्धारित समयमा स्थानिय तहको चुनाव हुनै नदिने र देशलाई अस्थीरता तर्फ धकेल्ने प्रयास अझै भैरहेको भन्दै उनले नेपाली जनता सहग हुनु पर्ने बताए । ज्ञवालीले एमसिसिका विषयमा सदनबाट पारित भैसकेको हुँदा बखेडा गर्ने अवस्थामा पार्टी नरहेको सुनाए । राष्ट्र राष्ट्रियता र जनताको ईच्छा विपरित नहुने गरी श्रोतको उचित सदुपयोग गर्ने गराउने कुरामा नेकपा एमालेले निरन्तर खबरदारी गर्ने बताए ।

सदनमा भैरहेको अवरोध रहर नभै बाध्यता भएको उनको भनाई थियो । एमाले सिद्धयाउने अभिप्रायबाट ग्रसित गठबन्धन सरकारले सभामुखको पदिय भुमिकालाई मजाक बनायो । जुन संसदिय संस्कार हैन । पद्धती हैन । पद्धती र संसदिय गरिमा जोगाउन एकालेले अवरोधलाई कायम राखेको हो । कल्पना गर्नु यही घटना नेपाली काँग्रेस वा माओवादीमाथी घटेको भए के हुन्थ्यो उपाध्यक्ष ज्ञवालीले भने ।

नेकपा एसमा गएका १४ सासंदहरु प्रति लक्षीत गर्दै एमाले उपाध्यक्ष ज्ञवालीले भने “आन्तरिक समस्यालाई मलजल सहित पार्टी फुटाउने सम्मका गतीविधिमा संलग्नलाई पार्टीले कार्वाही गर्न पाउनु पर्छ । ” एमालेको निति सिध्द्धान्तबाट राजनैतिक लाभ लिएर जनताको मतको अवमुल्यन गर्ने कार्य जनताको जनमत माथीको अपमान हो, उनले भने यस्ता शक्तीको भविष्य छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय