बारा : गाउँपालिका अध्यक्ष सहित जिल्लाका हजारौं कार्यकर्ता एमालेमा स्वागत गर्न ओली बारा आउने भएका छन् । नेकपा (एमाले) अध्यक्ष के.पी. शर्मा ओली यही फागुन २८ गते बारा आउने भएका हुन् । एमाले बाराले आर्दश कोतवात २ चिउटाहमा आयोजना गर्ने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली बारा आउन लागेका एमाले बाराले जनाएको हो ।
अध्यक्ष ओलिले विशेष कार्यक्रमका विच जसपाबाट निर्वाचित जिल्लाको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष सहित हजारौं नेता कार्यकर्ता एमालेमा स्वागत गर्ने कार्यक्रम तय भएको एमाले बाराका अध्यक्ष विनोद प्रसाद साहले जानकारी दिए ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी सहित जिल्लाका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको एमाले बाराका अध्यक्ष प्रसाद साहले जानकारी गराए ।
तत्कालिन संघीय समाजवादी फोरम तथा हाल जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष अंसारी आफ्नो दलबलका साथ एमालेमा प्रवेश गर्ने उनले बताए । एमालेमा प्रवेश गर्नेबारे अंसारी र ओलिको विभिन्न चरणमा कुराकानी भईसकेको र फागुन २८ औपचारिक रुपमै उनले पार्टी प्रवेश गर्ने साहले बताएका छन् ।
पालिका अध्यक्ष अंसारीले पनि एमाले प्रवेश गर्ने कुरा स्विकार गरेका छन् । उनले परिवर्तित राजनिातिक अवस्थाको आधारमा आफु एमालेमा प्रवेश गर्न लागेको बताए ।
एमाले जिल्ला अध्यक्ष साहका अनुसार आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष अंसारी सहित अन्य निर्वाचित जनप्रतिनिधि, सिम्रौनगढ, पचरौता, कलैया लगायतका पालिकाहरुबाट करिब १५ सय जना एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।
यता लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) बाट कलैया उपमहानगरपालिकामा निर्वाचित एकमात्र वडाध्यक्ष समेत एमालेमा प्रवेश गर्न लागेका छन् ।
वडा नम्बर ९ का अध्यक्ष डा.अख्तर मंसुर एमालेमा प्रवेश गर्नलागेको ‘कन्फर्म’ भएको एमाले बारा अध्यक्ष साहले बताए । अध्यक्ष केपि ओलिबाट टिका लगाई वडाध्यक्ष अंसारी एमालेमा प्रवेश गर्ने साहले बताएका छन् ।
वडाध्यक्ष अंसारीले भने एमाले प्रवेश गर्नेबारे कुराकानि भएको तर २८ गते नै प्रवेश गर्ने नगर्नेबारे निर्णय नगरिसकेको बताएका छन् । उनले आफ्ना कार्यकर्ता तथा सहयोगिहरुको राय बुझेर निर्णय गर्ने बताएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव समेत फागुन २५ गते बारा आउने कार्यक्रम बनाएका छन् । बाराकै पचरौता नगरपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गर्न आउनलागेका यादव त्यहाँबाट गएको ३ दिनपछी नै जिल्लामा जसपाभित्र ठुलो पहिरो जाने भएको निश्चीत प्राय छ ।