बारा : शहर र शहर उन्मुख क्षेत्रका महिलाहरुले नारी दिवसका अवसरमा भब्य कार्यक्रमको आयोजना गरेका छन् । चोक चोकमा ठाउँठाउँमा महिलाको शिक्षा, रक्षा ,शुरक्षाका विषयमा आवाज उठाईरहेका बेला जिल्लाको कलैया नगरपालिका वडा नं.२२ मदिलवाकी प्रतिमा यादव (पेमा शेर्पा) भने उपचार अभावमा छटपटाई रहेकी छिन् ।

उनको आर्थीक अवस्था दयनिय छ । आर्थीक अभावका कारण ४ बर्षदेखी वावासिर रोगबाट पिडित रहेको उनले बताईन् । उनका पति कान सुन्दैनन् । बोल्न सक्दैनन् । शरिरको ब्यथाले च्यापेका बेला रुन्छीन् । रोएर त्यही कुरा आफ्ना पतिलाई भन्न सक्दीनन् ।

उनीहरुको ३ बर्षको एउटा छोरा साथमा छ । उसको लालनपालन गर्न ज्यालाबनी गर्दै आएकी यादव पछिल्लो समय ज्यालाबनि गर्न जान सकिरहेकी छैनन् । उनका पतिले माछाको ब्यपार गर्दछन् । सामान्य घरखर्च चलेपनि श्रीमतीको उपचार गर्ने कमाई उनीसँग पनि नभएको स्थानियले बताए ।

वडा कार्यालय, नगरपालिका लगायत विभिन्न निकायमा सहयोग माग्न जाँदा सुनुवाई नभएको उनले बताईन् । ४० हजार जती लाग्ने डाक्टरले बताएका छन् । त्यो रकम समेत जोहो गर्न नसक्दा लामो समय रोगपालेर बस्नु पर्दा सारै पिडा भएको छ । भित्रभित्रै क्यान्सर भएर म मरें भने मेरो छोराको विजोग हुन्छ । उसैका लागि भएपनि मलाई बाँच्नु छ शर्पाले भनिन् ।

आज नारी दिवस भएपनी मलाई के फरक पर्दैन । रोग, भोक र अभावमा बर्षेनी आउने नारी दिवस मलाई हैन रैछ , आँखाभरि आँसु पार्दै उनले सुनाईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय