बारा
२४ फागुन २०७८
“सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चिता” भन्ने राष्ट्रिय नाराका साथ ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस) विशेष कार्यक्रम कोल्हवीमा सम्पन्न भएको छ ।
मंगलबार अखिल नेपाल महिला संघ कोल्हवी नगर कमिटीको आयोजनामा भएको विशेष कार्यक्रममा “हाम्रो प्रतिनिधित्व, हाम्रो सहभागिता, सम्झौं ,बुझौं ,अघि बढौं ” भन्ने उद्घोष सहित आयोजीत कार्यक्रममा सयौं महिलाहरुको सभागिता रहेको थियो ।
“अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ सफल पारौं ” लेखिएको ब्यानर सहित सहभागीहरुले महिलाको अधिकार, शिक्षा, रक्षा र शुरक्षाका विषयमा आवाज उठाए ।
तराईमा विकृतीका रुपमा मौलाएको दाईजो प्रथाले समाजमा समस्या बढ्दै गएको भन्दै कार्यक्रमा सहभागी महिलाहरुले दाईजो लिनेदिनेहरुलाई कडा कार्वाहीको भागिदार बनाईनु पर्ने बताए ।
उनीहरुले दाहिजोका कारण महिला माथी विभेद हुने गरेको भन्दै यस्ता कुप्रथाका विरुद्ध लाग्न सबैमा आग्रह गरे । अनेम संघको कोल्हबी नगर पार्टी कार्यालयबाट ब्यानर सहित निस्कीएको महिलाहरुको टोलीले नगरपारिक्रमा समेत गरेको थियो ।
नगर प्ररिक्रमापछि तामागढी भ्यनुमा आयोजीत सभालाई अखिल नेपाल महिला संघ नगर अध्यक्ष देवकी नेपाल,कोल्हबी नगरपालिकाकी उपप्रमुख सुनईना देवी थरुनी,
अनेमसंघ नगर सदस्य ज्ञानु केसी,कल्याणी चौधरी,कालिका भण्डारी,दिपलक्ष्मी खरेल, कल्याणी विमली , शुभद्रा धिमाल लगायत कमिटी पधादिकारीहरुले सम्बोधन गरेका थिए ।
सभामा नगर प्रमुख भरत बहादुर भण्डारी लगायतका वडा स्तरका जनप्रतिनिधीहरु समेत उपस्थी रहेको थियो ।