बारा
२५ फागुन २०७८

धाँधली भएपछि स्थगन भएको नेपाली काँग्रेस बाराको अधिवेशन निर्वाचन आज त्रिचन्द्र मा.वि.को परिषर कलैयामा हुँदै छ । मतदान विहान ८ बजे देखी सुरुहुने जनाईएको छ । काँग्रेस बाराको नेतृत्वका लागि मैदानमा रहेका तीनै पक्षविच भएको सहभतिबाट आजका लागि निर्वाचन गर्ने सहमति भएको हो ।

आईतवार सम्पन्न तिनै समुह सम्मिलित बैठकले २५ गते हुने मतदान गर्ने सहमती गरेका थिए । विवाद रहित, व्यवस्थित र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरेर आजका लागि तय गरिएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए ।

काँग्रेस बाराको कार्यसमितिका लागी ३ वटा प्यानल चुनावी मैदानमा छन् । संस्थापन (देउवा) समुहबाटै २ उम्मेदवार छन् , भने ईत्तर समुहबाट एउटा प्यानल चुनावी मैदानमा छ ।

देउवा समुहबाट कलैया उपमहानगरपालिका मेयर समेत रहेका राजेशराय यादव तथा शम्भु बहादुर बुढाथोकी आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा छन् । यस्तै संस्थापन ईतर (कोईराला) समुहबाट यसअघी २ पटक काँग्रेस बाराको सभापतीमा पराजित भईसकेका नेता रामानन्द यादवको प्यानल प्यानल सहित मैदानमा छ ।

सभापतिका उम्मेदवार शम्भु बहादुर बुढाथोकी पक्षले बुढाथोकीले सहजरुपमा जीत्ने दावी गरेका छन् । उनीहरुका अनुसार गएको राष्ट्रिय महाधिवेशमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने नेताहरुको साथ बुढाथोकीलाई भएको हुँदा सहज जीतको अनुमान गरिए हो ।

काँग्रेस कलैया उपमहानगर कमिटिका सचिव समेत रहेका बुढाथोकी समुहका ३ नं. क्षेत्रका क्षेत्रिय सचिब राजेश भण्डारीले पहिलो चरणमै बहुमत सहित बुढाथोकी प्यानलले जीत्ने दावी गरे ।

जुझारु अनी यूवा उमेदवारका रुपमा रहेका बुढाथोकीलाई सभापति बनाउन जिल्लाको उत्तरका अमलेखगजं, निजगढ ,जीतपुर, सिमरा ,कोल्हबी दक्षिणका कलैया, सिम्रनौगढ, देवता, फेटा लगायतका सबै स्थानका कार्यकर्ता उत्साहका साथ लागेका छन् भण्डारीले सुनाए । उनले भने त्यसैले जीतको नजिक हामी छौं । अरुले नचिताए हुन्छ ।

जिल्लामा यसअघी भएका क्षेत्रीय निर्वाचनहरुमा देउवा पक्षका दुबै उम्मेदवार एउटै समुहमा हुँदा समेत झिनो मतान्तरले पराजित भएका रामानन्द यादव समुहका नेताहरुले आफुहरुले जिल्ला अधिवेशनमा जित्ने दावी गरिरहेका छ ।

क्षेत्रिय निर्वाचनको तथ्यांकलाई आधार बनाई देउवा समुह २ भागमा बाँडिदा आफुहरुले ५० प्रतिशत भन्दा बढी मत ल्याएर जित्ने दावी उनिहरुको छ ।

यस्तै काँग्रेस बाराका सभापतिका उमेदवार राजेश राय यादवका पक्षधरले वर्तमान बारा कांग्रेसको विरासत धान्दै आएको परिवारको सदस्य भएका नाताले आफ्ना उमेदवारलाई जीत्न सहज हुने बताएका छन् ।

अन्य उमेदवारलाई आश्वासन दिने धेरैले कलैया उपमहानगरपालिका मेयर समेत रहेका यादवलाई भेटेरै सहयोगको बचा गरेकाले ५५ प्रतिशत मत सहित पहिलो चरणबाटै आफ्नो प्यानल निर्वाचित हुने दावी गरे ।

केन्द्रद्वारा निर्धारित समयमा जिल्ला निर्वाचन गर्न नसेको बारा काँग्रेसको अधिवेसन पटक–पटक स्थगित हुँदै आएको थियो । फागुन २१ गते गर्ने निर्धारित सममा मतदान प्रकृया सुरु भएपनि अन्नत धाँधली भएर मतदान पकृया बदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय