कलैया,बारा
२५ फागुन २०७८
जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले जिल्लाको पचरौता नगरपालिकामा १५ शैया अस्पतालको शिलान्यास गरेका छन् । बुधबार नगरपालिकामा आयोजित विशेष कार्यक्रमका विच जसपा अध्यक्ष यादवले अस्पतालको शिलान्यास गरेका हुन् ।
अस्पताल शिलान्यास कार्यक्रममा सहभागी नगरबासी एवं जसपा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यादवले आफु उपप्रधान एवं स्वास्थ्यमन्त्री भएका बेला पारेको योजनाको आफैंले शिलान्यस गर्न पाएकोमा खुशि ब्यक्त गरे । सोही क्रममा उनले वर्तमान ५ दलिय गठबन्धन सरकारले ठोस काम गर्न नसकेको समेत बताए । गठबन्धनमा रहेका पार्टिहरु आआफ्नै तालमा लाग्दा सरकारको प्रतिफल दिने गति अघि बढ्न नसकेको उनको भनाई थियो ।
विशेष परिस्थीतिमा बनेको बर्तमान सरकारले जनताका समस्या समाधान गर्ने प्रयास गरिरहेको भएपनि प्रयाप्त नभएको उनको भनाई थियो । पूर्व उप्रधानमन्त्री यादवले विश्वले कोरोना महामारीको सामाना गर्दै देशलाई पुनः गतिशिल ढंगले अगाडी बढाएको सुनाए । तर नेपालमा भने कांग्रेस र कम्युनिष्टहरु कोरोना भन्दा घातक भएरका कारण देशले गती लिन नसकेको बताए ।
आफ्नो पार्टी सरकारमा सहभागि भएर मधेशका मुद्दालाई स्थापित गर्ने प्रयास गरिरहेपनि समस्या समाधान गर्न सकिने अवस्था नरहेको उनले बताए । उनले फरक प्रशंग केलाउँदै मधेशलाई कृषि उत्पादनबाटै आर्थीक रुपमा समृद्ध बनाउन सकीने बताए । डेनमार्कको उदाहरण दिँदै अध्यक्ष यादवले कृषिबाट समृद्धि सम्भव भएको बताए ।
कार्यक्रममा एमाले कांग्रेस लोसपा लगायत दल परित्याग गर्ने करिब १ हजार ५ सय जनालाई जसपा अध्यक्ष यादवले टिका लगाएर पार्टीमा स्वागत समेत गरेका थिए । उनले मधेशी जनताको सर्वागिन विकासका लागि जसपा आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा संघिय सरकारका वनमन्त्री रामशहाय यादव, साँसद रामबाबु यादव, राष्टियसभा सदस्य खालिद सिद्धिकी, मधेस प्रदेश सरकारकी अर्थ राज्यमन्त्री उषा कुमारी यादव,प्रदेश सभा सदस्य पारस साह , बच्चा राउत अहिर र पचरौता नगरपालिका मेयर रमेश कुमार यादव लगायतले सम्बोधन गरेका थिए ।