
२८ फागुन २०७८
गाउँपालिका अध्यक्ष सहित जिल्लाका हजारौं कार्यकर्ता एमालेमा स्वागत गर्न पार्टी अध्यक्ष ओली आज बारा आउँदैहुनुहुन्छ । एमाले बाराले आर्दश कोतवात २ चिउटाहमा आयोजना गर्ने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली बारा आउन लाग्नु भएको हो ।
अध्यक्ष ओलिले विशेष कार्यक्रमका विच जसपाबाट निर्वाचित जिल्लाको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष सहित हजारौं नेता कार्यकर्ता एमालेमा स्वागत गर्ने कार्यक्रम तय भएको एमाले बाराका अध्यक्ष विनोद प्रसाद साहले जानकारी दिनु भयो ।


एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी सहित जिल्लाका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको एमाले बाराका अध्यक्ष साहले जानकारी गराउनु भयो ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको वहाँको भनाई छ । कार्यक्रममा लाखौं कार्यकर्ताको उपस्थीति रहने भएकाले विशेष ब्यवस्थापन गरिएको छ । खानेपानी , स्वास्थ्य परिक्षण, शौचालयको ठाउँठाउँमा ब्यवस्था गरिएको छ ।
यस्तै कार्यक्रममा आउने नेता कार्यकर्ताहरुको स्वागतमा एकदर्जन ठाउँहरुमा स्वागतद्वार बनाईएको जिल्ला अध्यक्ष साहले जानकारी दिनु भयो ।