बारा
२८ फागुन २०७८

राष्ट्रिय हात्तिपाईले आम औषधी सेवन कार्यक्रम शनिबार अपराहन्न कलैयाबाट सुरु गरिएको छ । कलैया उपमहानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नाथु साह, प्रदेश अस्पताल कलैयाका डा. गौरव महत्तो, नेपाल पत्रकार महाँसंघका सचिव अनिल गौरव लगायतले सामुहिक रुपमा औषधी सेवन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको हो ।

यससँगै जिल्लामा आजबाट हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमको औपचारीक सुरुवात गरिएको छ । मधेश प्रदेशको बारा जिल्लामा सहित देशभरका १० जिल्लामा आजबाट यो अभियान सुरु भएको प्रमुख अतिथी समेत रहनु भएको प्रशासकिय अधिकृत साहले बताउनु भयो ।

यसपटक बाराका २ बर्षमाथी उमेर समुहका सबैलाई अनिवार्य औषधी सेवन गर्न लगाएर अर्को बर्षका लागि बारालाई पनि हात्तिपाईले रोग मुक्त जिल्ला बनाउनु पर्ने वहाँले बताउनु भयो ।

कार्यक्रमको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारीले गर्ने कार्यक्रम तय भएपनि नेपाली काँग्रेस बाराको दोस्रो चरणको निर्वाचनका विषयमा छलफलमा ब्यस्तताका कारण साहले जिम्मा पाउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय