
बारा
२८ फागुन २८
आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मोहमद् मुस्तुफा अन्सारी एमालेमा प्रवेश गर्नु भएको छ । वहाँलाई एमाले पार्टीमा स्वागत गर्न केन्द्रिय अध्यक्ष केपी ओली बारा आउनु भएको थियो ।
गाउँपालिकाको रामचरित्र माध्यमिक विद्यालय परिषरमा शनिबार आयोजित पार्टि प्रवेश एवं विशेष जनसभाका क्रममा पालिका अध्यक्ष अंसारी सहित करिब ५ हजारले एमाले प्रवेश गरेका थिए । अंसारी जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधी हुन् ।


अंसारीसँगै कार्यपालिका सदस्यहरु ,वडा अध्यक्षहरु, सोही पालिकाको नेकपा माओवादीका अध्यक्ष राकेश यादव एमाले प्रवेश गर्नु भयो । यस्तै राष्टिय जनता पार्टीबाट निवार्चित कलैया उपमहानगरपालिका वडा नं.९का अध्यक्ष डा.अख्तर अंसारी पनि एमाले प्रवेश गर्नु भयो ।
कार्यक्रममा नेकपा एसका जिल्ला स्थतरिय युवा नेता राजेश साह लगायत विभिन्न पार्टी परित्याग गर्ने करिब ५ हजार जनालाई मालाटिका लगाएर ओलीले एमालेमा स्वागत गर्नु भयो ।
एमाले प्रवेश गरेका पालिका अध्यक्ष अंसारीले मधेशवादी दलहरुको कार्यशैली ठिक नभएकाले एमाले प्रवेश गरेको बताउनु भयो । स्वार्थको राजनितिमा रमाउने मधेशबादी दलको सरकारले भन्दा केपी ओली सरकार मधेशको विकासमा उदार देखिएकाले आफु एमाले प्रवेश गरेको अंसारीले बताउनु भयो ।
बारा आउनु अघि ओलीले पर्सा बिरगजं महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा स्वागत गर्नु भएको थियो ।
पार्टी प्रवेशका लागि आयोजीत जनशभालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय अध्यक्ष ओलीले मधेश केन्द्रित दलहरुप्रति लक्षीत गर्दै मधेशको नेतृत्व नगरेर विकास नगरेर मधेशका मुद्दा भन्दै जनता अल्मल्याउने काम भएको बताउनु भयो ।
जातीय, क्षेत्रीय एवं सांप्रादायीक द्विवेस फैलाएर लाभ लिन केही शक्ती, केही ब्यक्ति लाग्न सक्छन् ,सचेत हुनु पर्दछ भन्दै अध्यक्ष ओलीले आफु प्रधानमन्त्री भएका बेला लिएका निती र विकासको जनताले आफैं मुल्याङ्क गरि एमाले रोज्ने क्रम बढेको बताउनु भयो ।
आफु नेतृत्वको सरकारले तराई मधेशमा ठुलो लगानी गरेको वहाँको भनाई थियो । “ बर्षौ देखी रोकिएको हुलाकी राजमार्ग निर्माण, पूर्वपश्चिम राजमार्ग फराकिलो बनाउने कार्यको थालनी गरेको बताउनु भयो ” । तराईका सम्पूर्ण सडकको स्थर उन्नतीको काम आफ्नै पालामा भएको पूर्वप्रधानमन्त्री ओली सुनाउनु भयो ।
“महिनाको एकसय रुपैंयाबाट सुरु गरेको वृद्धभत्ता आज दिनको १ सय ३३ पु¥याएका छौं , चुनावपछी बन्ने हाम्रो सरकारले सामाजिक शुरक्षा भत्तालाई ५ हजार पु-याउँने लक्ष्य लिएकाछौं ”ओलीले भन्नुभयो ।
“नागरिकता तराईको टट्कारो समस्या हो । नेपाली नागरिकका सन्तानले बंशजको नागरिकता पाउनु पर्छ । हामीले संसद नचलेका बेला अध्यादेश मार्फत नागरिकता विद्ययक ल्याएका थियौं । हामीलाई जनादेशबाट हैन परमादेशले सरकारबाट हटाईयो ” अध्यक्ष ओलीले भन्नुभयो ।
“धेरै काम गर्न बाँकी छ । अधुरा काम पुरा गर्न हामी सरकारमा जानैपर्ने पर्छ ” एमालेको सरकारले मात्रै गरिव, विपन्न र विकासका लागि काम गर्ने हुँदा अरुपार्टीबाट राष्ट्रहित नहुने भन्दै ओलीले नेकपा एमालेमा आउन आग्रह गर्नुभयो ।
कार्यक्रममा एमालेका केन्द्रिय नेताहरु रघुविर महासेठ, पुरुषोत्तम् पौडेल,प्रभु साह, अच्चुत मैनाली ,ज्वाला साह, बलविर चौधरी लगायतका नेताहरुको उपस्थीति रहेको थियो ।