पुष्पराज खतिवडा
बारा
३० फागुन २०७८

पूर्व पश्चिम लोकमार्ग शुरक्षाका लागि जितपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवा स्थीत भद्रकाली चोकमा खटिने शुरक्षाकर्मी अँध्यारोमा बसेर ड्युटी गर्न बाध्य छन् ।

भद्रकाली सशस्त्र प्रहरीको ४० नं. रिजर्भ गणले त्यहाँ आई.आर.टी.भवन निर्माण गरेर पथलैया देखी निगगढको बकैया खोला वारी सम्म २० किलो मिटर लोकमार्ग सुरक्षामा काम गर्दै आएको छ ।

सो भवनमा बिगत डेढ महिनादेखि विजुली नहुँदा शुरक्षाकर्मी रातको समयमा अँध्यारोमा ड्युटी गर्न बाध्य बनेका हुन् । गणबाट आईआरटी भवनसम्म लगिएको बिजुलीको तार जलेपछी समस्या भएको हो ।

समस्या उपल्लो निकायमा जाहेर भएपनि सुनुवाई नभएकाले अंध्यारोको समस्या भोग्नु परिरहेको त्यहाँ खटिएका शुरक्षाकर्मिले बताए । हामीले विजुलीको समस्या कार्यालय प्रमुख सम्म पुर्यायौं तर सुनुवाइ भएन ,नाम नछाप्ने शर्तमा एक सिपाहीले सुनाए ।

भद्रकाली चोकबाट ८ सय मिटर दक्षिणमा सशस्त्र प्रहरीको रिजर्व गण छ । सोही गणबाट बिजुलीको तार तानेर राजमार्गसँगैको शुरक्षा पोष्टमा बत्ती बाल्ने, पंखा चलाउने गरिएको थियो । उक्त तार जलेको हो । जस्ले गर्दा रातको समयमा अँध्यारोमा ड्युटी गर्न बाध्यछौं , उनिहरुले सुनाए ।

पूर्वपश्चीम लोकमार्गमा हुने दुर्घटना, लुटपाट, चोरी तस्करी नियन्त्रणमा तत्काल परिचालन हुन सक्ने वातावरण निर्माणका लागि शसस्त्र प्रहरी वल नेपाल नम्बर ४० रिजर्भ गण हेर्डक्वाटर पिलुवाले गत श्रावनमा आई.आर.टी.भवन निर्माण गरेको हो ।

रातभर जिल्लाका कतिपय यात्रु भद्रकाली चोकबाटै सवारी चढ्ने ओर्लने गर्दै गर्ने गर्दछन् । चौबीसैघण्टा शुरक्षाकर्मि तैनाथ हुने भएपछि यात्रुले सो चोकलाइ शुरक्षीत ठान्दै आएका छन् । तर बत्ति नभएपछि शुरक्षाकर्मी भएनभएको यकिन गर्न समस्या हुने गरेको स्थानियले बताए ।

रिजर्व गण पिलुवका सशस्त्र प्रहरी उपरिक्षक संजय भट्टराईले तत्काल विजुली ब्यवस्थापनका गरिने बताए । “नेपाल विद्युत प्राधिकरण सिमरासँगको समन्वयमा संभवत भोली होला । सबै प्रकृया पुरा भएको छ , कामदारले समय नदिँदा ढिला हुन गएको हो ”, एसपी भट्टराई भने ।

बाराको निजगढ देखी पथलैया सम्मको करिब २० किलो मिटर राजमार्ग जंगल क्षेत्रमा पर्दछ । दैनिकजसो हुने दुर्घटना, वन तस्करी, अबैध गतीविधि नियन्त्रणमा २४सै घण्टा शसस्त्रले गस्ती गर्दै आएको एसपी भट्टराईले बताए ।

जोखिम समुहको तत्काल उदर र रक्षाका लागि राजमार्ग शुरक्षामा खटिने शुरक्षाकर्मीहरुको सहजताका निमित्त रिर्जभ गण पिलुवाका सचेत रहेको गणपति भट्टराईले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय