बारा
२०७८ फागुन ३०
नेपाली कांग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् । सोमबार बिहान सकिएको मतगणनाको नतिजा अनुसार प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाई ५२ मत अन्तरले पराजित गर्दै यादव सभापतिमा विजयी भएका हुन् ।

कलैया उपमहानगरपालिकाका मेयर समेत रेहका यादव सभापतिमा पहिलो पटकमै काँग्रेस बाराको नेर्तत्वमा पुगेका हुन् ।
जिल्ला सभापति चयनका लागि आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा यादवले १ हजार २ सय ५ मत पाए । निकटतम् प्रतिद्धण्दी बुढाथोकीले भने १ हजार १ सय ५४ मत प्राप्त गरेका थिए ।

गत बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवार मध्ये पार्टीको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो ।

दोस्रो चरणको मतदानमा कुल २ हजार ४ सय ८० मतमध्ये २ हजार ४ सय ८ मत खसेको थियो । पहिलो चरणको मतदानमा तेस्रो स्थानको मत ल्याएर दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला र कृष्ण सिटौला समूहका उम्मेदवार रामानन्द यादवले सभापति निर्वाचित राजेश राय यादवलाई समर्थन गरेका थिए ।

तर रामानन्द यादवकै प्यानलबाट उपसभापति, सचिव र सहसचिवमा उम्मेदवारी दिएकाहरुले भने दोस्रो चरणको मतदानमा शम्भु बुढाथोकीलाई समर्थन गरेका थिए ।

सभापतिमा निर्वाचित यादव र उनीसँग पराजित बुढाथोकी दुवै जना पार्टी सभापति शेरबहादुर देउवा समूहका नेता हुन् ।
बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना सोमबार दिउँसोदेखि शुरु हुने सहायक निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय