
मनहर्वा,बारा
२ चैत्र २०७८
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको आयोजनामा यही चैत्र ७ गते सोमबारका दिन बडहर्वा चोकमा निःशुल्क आँखा परिक्षण शिविर हुने भएको छ ।
तिलगंगाले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा शिविर संचालन गर्न लागेको हो ।


मोतीविन्दुका विरामीहरुलाई निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालमा निःशुल्क अप्रेशनको ब्यवस्थाकासाथ शिविर बस्न लागेको संस्थाले जनाएको छ ।
विहान ९ बजेबाट अपराहन्न २ बजे सम्म संचालन हुने शिविरमा जिल्ला भरका आँखाका विरामीले मौकाको फाईदा लिन सक्ने सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।