मनहर्वा बारा
११ चैत्र २०७८

मोटरसाईकलको ठक्करबाट ज्यान गुमाएका ४ बर्षिय बालकको परिवारमा सुक्रबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्षले आर्थीक सहयोग गरेका छन् ।

वडाको माथ्लो बडहर्वाका केशव थापा मगरका छोरा रियान भनिने टिका बहादुर थापाको गएको ३ गते पहिचान नखुलेको मोटरसाईकलको ठक्करबाट ज्यान गएको थियो ।

आर्थीक रुपमा विपन्न थापा परिवारमा वडा अध्यक्ष अर्जुन प्रसाद दाहालले २५ हजार नगद रकम मृतक बालकका पिता केशव थापालाई हस्तानन्तरण गरेका हुन् ।

बालक परिवारमा आर्थिक सहायता उपलब्धताका लागि उपमहागनरपालिका कार्यालय पुगेका दाहालले कार्यालयमा मेयर, उपमेयर र प्रशासकिय अधिकृत कसैलाई नभेटेपछी आफ्नै खाताबाट रकम निकालेर पिडितलाई दिएको बताए ।

भोली नगरपालिकाले सहयोग गरे ठिकै छ । नभए पिडित परिवारमा मेरै तर्फबाट सहयोग हो, उनले भने । नहुनु पर्ने दुखद् घटना भयो । पिडित परिवारमा सान्तवना स्वरुप सहयोग गरेको हुँ । थप सहयोगका लागि नगरपालिकामा निवेदन दर्ता गराएको छु ,उनले सुनाए ।

बालकलाई ठक्कर दिने मोटरसाईकलको पहिचान हुन नसक्दा हाल सम्म पक्राउ पर्न सकेको छैन । अपाचे आरटिआर मोटरसाईकलले बालकलाई ठक्करदिँदा सो मोटरसाईकलको तेल ट्यान्कीको एकापछीको भाउजर खसेको थियो ।

सोही भाउजरका आधारमा प्रहरीले बालकलाई ठक्करदिने मोटरसाईकलको खोजीकार्यलाई तिब्र पारेको छ । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक डिएसपी मनोजीत कुँवरले सिसिटिभि फुटेज र मोटरसाईकलको एउटा पाटसर््का आधारमा घटनामा संलग्नको खोजीकार्यलाई तिब्र पारिएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय