मनहर्वा ,११ चैत्र २०७८

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले एकदिने वित्तिय शाक्षरता तथा अन्तरसमुह सुढृढीकरण तालिम सम्पन्न गरेको छ ।

सुक्रबार संस्थाको सभाहलमा संस्थाका संचालकहरु, सेवाकेन्द्र समितिका पधादिकारी र कर्मचारीहरु गरी २८ जनालाई तालिममा दिईएको संस्थाले जनाएको छ ।

तालिमा विशेष गरी बचत गर्ने तरिका आम्दानी खर्च ब्यवस्थापन गर्दै भावि आर्थीक लक्ष्य पुरा आजैबाट सुरु गर्नुपर्ने योजनाका बारेमा जानकारी दिईएको हो ।

पारिवारिक बजेट सहित दिर्घकालिन योजना निर्माण गर्ने विधि र कर्जा ब्यवस्थापन लगायतका विषय तालिममा समेटिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिईन् । तालिमका सहभागिहरुले भोलीबाट आआफ्नो समुह अन्तरसुमहका सदस्यहरुलाई तालिम दिने उनले बताईन् ।

सहभागिलाई संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा सहायक मुख्य प्रबन्धक श्रीलाल यादव र अध्यक्ष खड्काले सहजीकरण गरेका थिए ।

तालिम साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाको सहयोगमा आयोजना गरिएको प्रबन्धक खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय