सिमरा,बारा
१२ चैत्र २०७८

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्गले स्थानिय चुनावमा एमाले पुनः पहिलो दल बन्ने दावी गरेका छन् ।

शनिबार बाराको सिमरामा नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिकाकोे प्रथम नगरअधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङ्गले जनताको पार्टीका रुपमा एमाले स्थापित भएको बताए ।

पूर्व समामुख समेत रहेका नेता नेम्वाङ्गले एमालेले जनचाहना मुताविक विकास र समृद्धिका लागि काम गरेकाले पहिलो शक्तिका रुपमा स्थापित हुन कसैले रोक्न नसक्ने बताए । करिब एकघण्टा बोलेका उनले एमाले सरकारले कठिन परिस्थीतिमा धेरै महत्पूर्ण काम गरेको बताए ।

राष्ट्र र राष्ट्रियता प्रति एमालेको अडान, चुच्चे नक्सा, भुकम्पले थलिएका शंरचनाको पुनः निर्माण, भारतसँग मात्रै सिमित रहेको पारवहन सन्धी चिन लगायत अन्य मुलकुसँग गरिनु महत्वपूर्ण उपलब्धी थिए ।

एमाले सरकार तराई मधेशको विकासको संभाहक बनेको उनको भनाई थियो । जनताले एमालेको नीतिलाई आत्मासाथ गरेका छन् । एमाले प्रतिको जनलहरले एमालेलाई पुनः पहिलो पार्टी बनाउने निश्चित भएको छ, नेता नेम्वाङ्ग भने ।

विभिन्न पार्टि परित्याग गरी एमाले प्रवेशमा देखिएको होडबाजी कसैको मायादया र लोभमा नभई एमाले सरकारले गरेका काम प्रतिको सम्मान भएको उनको भनाई थियो ।

एमाले सरकारका पालामा राष्ट्रिय महत्वका धेरै उपलब्धी हाँसिल भए । एमाले सरकारले लिएका नीतिले देशभर विकासको आँधीब्यहरी सृजना गरेको भन्दै नेम्वाङ्गले जनताको मन जीत्न सफल पार्टी एमाले भएकाले बैशाष ३० पछि पुनः पहिलो हुने बताए ।

परमादेशबाट बनेको वर्तमान ५ दलिय गठबन्धनको सरकारले जनतालाई राहत दिन सकेन । मुल्य वृद्धि, विकास निर्माणका काम प्रभावित पर्ने लगायतका कामले राहत भन्दा जनताले आहत महसुस गरिरेहेको उपाध्यक्ष नेम्वाङ्गको भनाई थियो । गठबन्धनको आयु लामो नभएको भन्दै उनले कुनैपनि बेला नेताहरुको ब्यक्तिगत स्वार्थले अप्राकृतिक गठबन्धन भत्कीने ठोकुवा गरे ।

पार्टी कार्यकर्ताहरुलाई गठबन्धन बनेकै अवस्थामा पनि आत्तिनु पर्ने अवस्थामा एमाले नभएकाले हामीलेगरेका काम र आगामी योजना लिएर जनतामा जान आग्रह गरे ।

यस पकटको चुनाव जनादेश र परमादेश विचको मापनका रुपमा लिएकाले गुट ,फुट र ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर पार्टीका पक्षमा लाग्न उनले सबैमा आग्रह गरे ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य पुरुषोत्तम् पौडेल,अच्युत मैनाली ज्वाला साह, केन्द्रिय सदस्य बलविर चौधरी ,सरस्वती चौधरी, मधेश प्रदेश कमिटि सचिव डा. कृष्ण पौडेल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

विहान ११ बजेबाट सुरु भएको अधिवेशनको खुल्ला सत्र अपराहन्न ४ बजे समापन भएको थियो । बन्द सत्र ५ बजेबाट सुरुहुने नगरअधिवेशन आयोजक समितिका संयोजक भोला अधिकारीले जानकारी दिए । अधिवेशनले ५ पधादिकारी सहित ८५ सदस्य नगरकमिटि निर्माण गर्ने जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय