गएराती जिल्लाका दुई स्थानमा भएको आगलागीमा परि घरगोठ सहित ७ लाख बढी रकमको धनमाल जलेर नष्ट भएको छ । गोठघरमा मच्छड धपाउन बालिको आगो सल्कीँदा आगलागी भएको प्रहरीलेले जनाएको छ ।
बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाका अनुसार सिम्रौनगढ नगरपालिका वडा नं.१ ढाटटोलका भोला मुखियाको गोठघर र सुवर्ण गाउँपालिका वडा नं.३ जमुनियाका भोला महत्तोको घरगोठमा आगलागि भएको हो । मुखियाको गएराती पौने एघारबजेको समयमा र महत्तोको सवादश बजेको समयमा घटना भएको हो ।
दुबै आगलागिका घटनामा मानविय क्षेति नभएको डिएसपी थापाले जानकारी दिए । आगलागीबाट मुखियाको फुसको घर, गोठ, ५ वटा खसिबाख्रा,चामल ,दाल,लताकापडा र भाँडावर्तन पुर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ४लाख रुपैंयाको क्षेती भएको छ ।
यस्तै महत्तोको गोठघर पुर्ण सहित एकथान पल्सर मोटरसाईकल, एउटा साईकल समेत जल्दा अन्दाजी तीन लाख ५हजारको सम्पती नष्ट भएको उनले बताए ।
स्थानिय, नेपाल प्रहरी, सशस्त्र प्रहरी नगरपालिकाको दमकलको पौने घण्टापछि नियन्त्रणमा आएको डिएसपी थापाले जानकारी दिए ।