बारा
२१ चैत २०७८
बारामा आइतबार राति ८:३० बजेको समयमा मिनी टोनार्डो गएको छ ।
टोनार्डोको प्रभाव जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को पैनिटोल र डकाह बस्ती नजिकै ३०० मिटर वन क्षेत्रमा देखिएको हो । सो क्षेत्रका दुई दर्जन बोट बिरुवा जरैदेखि उखालिएका छन् । बिजुलीका पोलहरुमा क्षेती पुगेको पाइएको स्थानीयले बताए ।
टोनार्डोले मौवा देवि मा.वी. डकाहाले वन क्षेत्र नजिकै लगाएका एक दर्जन फलफूलका बोटमा क्षेती गरेको छ । यस्तै वनका दुई दर्जन बढी बोटबिरुवा जरा सहित लडाएको पाइएको स्थानीयले बताए ।
बस्ती नजिकैबाट ठूलो आवाज दिंदै टोनार्डो वन पसेकाले कुनै किसिमको मानवीय क्षेती नभएको डकाहका मीन बहादुर रमौलीले जानकारी दिनुभयो । भिडियो सहित…