बारा
२९ चैत्र २०७८
निजगढमा अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्ने योजना असफल पार्न नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भुमिका खेलेको एमाले नेता पृथ्वीसुब्बा गुरुङ्गले बताएका छन् ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख समेत रहेका गुरुङ्गले मंगलबार बाराको निजगढमा प्रेस चौतारी नेपाल मधेश प्रदेश कमिटिले आयोजना गरेको स्थानिय निर्वाचन केन्द्रित भेलालाई सम्बोधन गर्दै यस्तो रहस्य खुलाएका हुन् ।

आफु पर्यटन मन्त्री भएको बेला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना ल्याएको सुनाउँदै गुरुङ्गले माधव नेपालको असहयोगका बावजुत पनि योजना अघि सारिएको सुनाए ।

त्यस बखत माधव नेपालले यो योजना अन्तै सार्न दवाव दिएका थिए । मधेसी दलको प्रभाव कमजोर पार्न भन्दै नेपालले मधेशमा निर्माण हुने ठुलो र गेमचेन्जर योजना हेटौंडा सारेर मधेशलाई उपेक्षा गर्न चाहन्थे । तर आफुले त्यसो हुन नदिएको उनले सुनाए ।

मधेश आन्दोलनका क्रममा माधव नेपाल आन्दोलनकारीको निशानामा थिए । उनी आन्दोलन दवाउन चाहन्थे । त्यसैको वदला लिन उनी यो योजना सार्ने दाउमा थिए र तर त्यसो हुन दिएनौं , उनले भने ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल आफैंले बनाउने योजना समेत एमाले सरकारले ल्याएको भन्दै गुरुङ्गले बिकासले बिकास तान्ने बताए । विमान स्थल निमार्ण गर्ने योजनासँगै निजगढ काठमाडौं दु्रतमार्ग योजना अघि बढेको हो ,उनले सुनाए ।

माधव नेपालले त्यसबेला खेलेको भुमिकाको प्रभाव आज सम्म परिरहेकाले योजनाले गती लिन अझै सकेको छैन , जुन दुखद् पक्ष हो । तर एमाले सरकारले अघिसारेको योजना एमालेकै सरकारले सम्पन्न गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय