पुष्पराज खतिवडा
२ बैषाखबाराको निजगढ नगरपालिकामा दलहरुलाई उमेदवार छान्न सकस भएको छ ।

नेकपा एमाले निजगढ नगर कमिटीले वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्न आजका लागी बैठक आह्वान गरेको छ । एमालेले नगरका १३ वटै वडामा आज बिहान ११ बजेको लागि एकैपटक बैठक आयोजना गरेर नाम सिफारिसको तयारी गरेको हो ।

वडाबाट सिफारिस भइ आएका नामको अन्तिम टुङ्गो भने जिल्ला कमिटीले लगाउने प्रवधान रहेको छ । अध्यक्षको सिफारिस गर्ने कार्य सकिएपछि निजगढ एमालेले नगरको मेयर र उपमेयरको नाम सिफारिस गर्ने तयारी गरेको नगर अध्यक्ष सुरत पुरीले जानकारी दिए ।

उनले आकांक्षा राख्ने साथीहरूको संख्या अधिक हुँदा उमेदवारको नाम टुंगो लगाउन समस्या भैरहेको बाताए । यधपी सहज रूपमा वडा र नगरमा चुनाव लड्ने उमेदवार छनोट गरिने बताए । चुनाव जित्ने गरि तयारी गरिरहेका छौं उनले भने ।

निजगढ एमालेबाट पुरी सहित मधेस प्रदेश कमिटीका सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई ,सुदर्शन कोइराला र नगर कमिटीका दिल बहादुर लामा नगर प्रमुखको आकांक्षी रहेका छन । यस्तै उपप्रमुखमा लिलादेबी लामिछाने र दुर्गा कोइरालाको नाम चर्चा छ ।

त्यसैगरी नेपाली कांग्रेसले भने वडा तहबाट वडा अध्यक्ष सहित प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्ने कार्य सुरु गरेको छ ।

नगर प्रमुखको लागि अधिकांश वडाबाट सुरेश खनाल, पेमासिद्धी लामा र महेशी कुवँरको नाम सिफारिसमा परेको काँग्रेस निजगढ अध्यक्ष नवराज तिमल्सिनाले बताए ।

१३ वडाहरु मध्री ९ बटा वडा कांग्रेसले वर्तमान नगर प्रमुख समेत रहेका खनाललाई नै पुन उमेदवार बनाउनु पर्ने लिखित सुझाव गरेका छन् ।अन्य दलहरूसंग सहकार्य गर्न पार्टीमा आन्तरिक छलफल भैरहेको तिमल्सिनाले बताए ।

त्यस्तै सत्तारुढ ५ दलिय गठबन्धनमा रहेका कांग्रेस बाहेक नेकपा माओवादी, जसपा र नेकपा एकिकृत समाजवादीले भने छुट्टै बैठक गरेर आगामी निर्वाचनमा एकतावद्ध भएर जाने सहमति गरेका छन ।

५ दलीय गठबन्धनको मोडालिटी बारे छलफल गर्न कांग्रेसले चासो नदेखाएपछि गठबन्धन भित्रको कांग्रेस बाहेकका ३ दलले छुट्टै रणनिति बनाउन लागेका हुन ।

कांग्रेसले गठबन्धन गर्ने बिषयमा अनौपचारिक कुरा भैरहेपनी औपचारिक रूपमा कुरा हुन नसकेको स्थानीय माओवादी नेता रवी दंगालले बताए ।

आज बेलुकी सम्ममा संगै बसेर रणनीति बनाउनु पर्ने सर्कुलर छ । त्यसकालागि प्रयास भैरहेको नेता दंगालले बताए ।माओवादी दंगाल सहित बेनि बहादुर मोक्ता , दिपक खड्काको नाम चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय