०२ बैशाख सिमरा

नेकपा एमाले जितपुरसिमरा वडा नं २ वडा कमिटिकमले आज आफ्नो सम्पर्क कार्यालय  उद्घाटन गरेको छ ।

वडा नं २ मुसर्नीमाई टोलमा रहेको सम्पर्क कार्यलयको नेकपा एमालेकि केन्द्रीय सदस्य सरस्वती देवी चौधरीले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएकी चौधरीले सम्पर्क कार्यालयको माध्यमबाट पार्टीको गतिविधिलाई बढाउन सहज हुने बताउनुभयो ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई बहुमतका साथ बिजयी गराउन सबैको भुमिका महत्वपूर्ण हुने समेत बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सदस्य एवम पूर्व जिल्ला कमिटि अध्यक्ष देव नारायण चौधरी, जिल्ला सचिवालय सदस्य मनोज पौडेल,कमला घिमिरे, जिल्ला सदस्य कासिम हुसेन,नगर कमिटि अध्यक्ष भोला प्रसाद अधिकारी, समाजसेवी कृष्ण रिमाल, अग्नि शर्मा लगायतको उपस्थिति रहेको थियो ।

वडा कमिटि अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव बिशाल घिमिरे तथा स्वागत मन्तव्य उपसचिव सुर्य प्रसाद पोडेलको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय