४ बैशाख २०७९
बारा: बाघको आक्रमणमा परि आइतबार दिउँसो एक दम्पती घाईते भएका छन् । निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर नजिकै तपोभुमी सामुदयिक वनमा बाख्रा चराउन गएका बेला दिउँसो २:३० बजेको समयमा घटना भएको हो ।
बारा: बाघको आक्रमणमा परि आइतबार दिउँसो एक दम्पती घाईते भएका छन् । निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर नजिकै तपोभुमी सामुदयिक वनमा बाख्रा चराउन गएका बेला दिउँसो २:३० बजेको समयमा घटना भएको हो ।
सो घटनामा परि ४२ बर्षका दिलबहादुर मुक्तान र उनकी पत्नी ३८ बर्षकी माईली माया रुम्बालाई बाघले आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ।
सुरुमा माईली मायालाई बाघले आक्रमण गरेको गरेछ । उनलाई बचाउन गएका पति दिल बहादुरलाई समेत बाघले आक्रमण गरेर घाइते बनाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए ।
रुम्बाको घाँटी र छातिमा अनि मुक्तानको छाती अनी पाखुरामा चोट लागेको छ । स्थानिय मेडिकलमा सामान्य उपचारपछी थप उपचारको लागी हेटौंडा स्थीत चुरेहिल अस्पताल पठाईएको प्रहरी निरीक्षक ओलीले बताए । उनका अनुसार दुबैजनाको अवस्था सामान्य छ ।