काठमाडौ :सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ६ महानगरपालिकामा भागबन्डा टुंग्याएको छ । कांग्रेसले तीन तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक महानगरको मेयर लिने गरी भागबन्डा भएको छ ।

स्रोतका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसको भागमा परेको छ भने भरतपुर माओवादी केन्द्रलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगञ्ज जसपालाई परेको छ ।

यस्तै, पोखरा, भरतपुर र वीरगञ्जको उपमेयर भने कांग्रेसको भागमा परेको छ । काठमाडौंको उपमेयर एकीकृत समाजवादीलाई, ललितपुरको उपमेयर माओवादी केन्द्रलाई र विराटनगरको उपमेयर जसपालाई दिने सहमति भएको छ ।

सहमतिमा हस्ताक्षेर गर्न भने बाँकी रहेको छ । महानगरको वडा र उपमहानगरको विषय टुंगो लागेपछि सहमतिमा हस्ताक्षेर हुने स्रोतले बताएको छ । सहमतिको खाकामा आन्तरिक छलफल गरेर आजै राति बस्ने गठबन्धनको बैठकले अन्तिम रुप दिने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय