
बारा:
नेकपा एमालेले बाराका २ उपमहानगर मध्य कलैयाका लागि मेयरमा एमाले जिल्ला अध्यक्ष विनोद साहलाई अघि सारेको छ । उपमेयरको नाम भने टुङ्गो लगाएको छैन ।


केन्द्रिय कमिटीको केहीबेर अघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न बैठकले केही बाहेक सबै महानगर र उपमहानगरपालिकामा मेयर, उपमेयरको नाम टुङ्गयाएको जनाएको हो ।
प्रदेश दुईका ३ उपमहानगरपालिका मध्य जनकपुर र बाराको जितपुरसिमराका लागि भने प्रमुख पदका उमेदवारको नाम भोली मात्रै टुँङ्गो लाग्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गरुङ्गले जानकारी दिए ।
जितपुरसिमरामा एमालेबाट १० जना मेयरका आकांक्षीको नाम सिफारिस भएका छन् ।