काठमाडौं : सत्तारुढ गठबन्धनले प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई काठमाडौं मेयरमा उम्मेदवार बनाउने भएको छ । सिंह कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् ।
सत्ता गठबन्धनको सहमति अनुसार काठमाडौंमा काँग्रेसले मेयरमा सिर्जनालाई अघि सारेको हो । उपमेयर भने नेकपा एकीकृत समाजवादी पार्टीले पाएको छ ।