पुष्पराज खतिवडा

बारा : स्थानिय तहको निर्वाचनमा नेताका आसेपासेहरुलाई उम्मेदवारको टिकट दिएको भन्दै जिल्लाको कोल्हबी नगर काँग्रेसका कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । राजिनामा गर्नेहरुमा नगर कमिटि सचिव रविन्द्र चौधरी सहित सदस्यहरु शोभालाल चौधरी, राजेश्वर थापा, यगेन्द्रराज अधिकारी, रामपुकार चौधरी र सोम बहादुर के.सी.लगायत छन् ।

काँग्रेसले टिकट वितरणमा जिम्मेवार कार्यकर्तासँंग सल्लाह सुझावनै नलिएर आफ्ना र आफन्त अनी आसेपासेलाई टिकट दिएको आरोप लगाउँदै उनीहरुले सामुहिक राजिनामा दिइएका हुन् । नेपाली काँग्रेस पार्टीमा लामो समय देखि काम गरेका कार्यकर्ताहरुलाई पाखा लगाउँदै मनपरि ढंगबाट टिकट वितरण गरिएले सामुहिक राजिनामा दिनु परेको नगरकमिटि सचिव चौधरीले बताए ।

स्थानिय चुनावमा व्यक्ती विशेषको प्रभावमा एकल निर्णय गराई उम्मेदवार छनौट गरियो । टिकट वितरणको निर्णय प्रति हाम्रो असन्तुष्टी हो ,उनले भने । हामी उमेदवार सिफारिसका लागि बैठक बसेका थियौं । त्यही बेला फोनमा खानेमन्त्री उमाकान्त चौधरीले त्यस्तो सिफारिसको आवश्यक छैन । हामी माथीबाटै निर्णय गरिन्छ, भन्दै हाम्रो अपमान गरे ।

पार्टी विधि पद्दतीलाई मिच्ने काम माथीबाटै भएपछि त्यस्तो पार्टीमा बसिरहन आवश्यक नठानेर साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छौं, सचिव चौधरीले सुनाए । टिकट वितरणमा खानेपानी मन्त्रीको बलमिच्याँईले गर्दा कार्यकर्ताद्वारा सामुहिक राजिनामा दिने तहमा आइपुगेका हौं ,योत कास्टीङ्ग मात्रै हो । पहिरो जाने दिन चुनावसँगै नजिकीँ छ उनले भने ।

कोल्हवी नगरमा उम्मेदवारको टिकट बाँड्दा काँग्रेस सहमहामन्त्री समेत रहेका खानेपानी मन्त्री उमाकान्त चौधरीले मनोमानी गरेको स्थानिय काँग्रेस नेतृ राधा चौधरीले समेत आरोप लगाएकी छन् । उनले समाजिक संजाल मार्फत वर्तमान खानेपानी तथा सरसफाई मन्त्री चौधरीले टिकट वितरणमा आफ्ना आसेपासे , झोले , आफन्तलाई हेरेको आरोप लगाएकी छन् ।

उनले भनेकी लेखेकी छन् “नेपाली काँग्रेस पार्टीबाट कोल्हवी नगरपालिकामा राजनितिक गर्नु छ भने पहिला उमाकान्त चौधरी खानेपानी मन्त्रीको आफन्त हुनुपर्छ । दोस्रो उहाँको झोले हुनुपर्छ । यस्तै आसेपासे नातावाद , कृपावाद मात्र हाबी रहेछ । यहाँ राम्रोको लागि हैन हाम्रोकोलाई मात्र नेपाली काँग्रेस रहेको छ । यदि यस्तै उमाकान्त चौधरीको ब्यक्तीगत रबैया रहिरहन्छ, भने आउने दिनमा कोल्हवी नगरपालिकामा दियो बालेर खोज्दानी नेपाली काँग्रेस पाउँदैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय