बडहर्वा
१५ बैशाष २०७८

नेकपा एमाले जीतपुरसिमरा–१८ ले विहिवार अपराहन्न विशेष भेलाको आयोजना गरी यूवा परिचालन कमिटी गठन गरेको छ । मौवादेवी मन्दिर परिषरमा आयोजीत भेलाले युवासंघ बाराका सदस्य दिपेश दाहालको संयोजकत्वमा ७० सदस्य यूवा परिचालन कमिटी गठन गरेको हो ।

बैशाष ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनलाई लक्षीत गरि यूवा परिचालन कमिटी गठन गरिएको हो । चुनावलाई धाँधली रहित ढंगबाट सम्पन्न गर्न यूवाहरुको भुमिकालाई प्रभावकारी पार्दै आफ्नो पार्टीका उमेदवारको पक्षमा वातावरण निर्माण गर्न कमिटी गठन भएको दाहालले बताए ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं वडा नं. १८का अध्यक्ष पदका उमेदवार बसन्त खतिवडाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

नवगठित यूवा परिचालन कमिटीको उपाध्यक्षमा विक्रम राना, सचिबमा नविन दाहाल उपसचिवमा निशान्त भारती चयन र बाँकी यूवाहरु सदस्यमा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय