मकवानपुरः नेकपा एमाले फर्किएका नेता श्रीधर पोखरेलले नेकपा (एस) भन्ने पार्टी नेपाली कांग्रेसको एस भएको बताएका छन् ।
दुई दिनअघि एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष परित्याग गरेर बिहीबार एमाले प्रवेश गरेका नेता पोखरेलले शुक्रबार बिहान हेटौंडामा आयोजित एमालेको चुनाव प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पोखरेलले भने नेकपा एस भन्ने पार्टीमा कुनै नीति, विधि र विचार छैन ,त्यसैले सो पार्टीमा बसिरहन उपूक्त ठानिन ।
‘एउटा पार्टी निर्माण हुँदा त्यो पार्टी विचार, नीति र सिद्धान्तले अघि बढ्होनु पर्ने हो । तर एकीकृत समाजवादीसँग न कुनै विचार छ, न त कुनै दृष्टिकोण । केबल नेकपा एमालेलाई साइजमा ल्याउने, कमजोर बनाउने र नेपाली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने योजनावद्ध ढंगबाट काँग्रेसको एस भएको छ । यस्तो पार्टीको भविष्य छैन,’उनले भने ।
एमाले प्रवेश गर्दा आफ्नै घर फर्किँदा आफ्नै दाजुभाइ र दिदीबहिनीहरुलाई भेट्दा झैं खुसी मिलेको उनको भनाई थियो । ४१ वर्षदेखी कम्युनिस्ट आन्दोलनमा गरेको मेहनत र लगानी एमालेमै भएकोले विगत ८ महिना राजनीति जीवनको भूल भएको उनको भनाई थियो । ‘म विस्मृतमा थिएँ’, उनले भने, ‘एमालेको जीतले मात्रै जनतालाई न्याय हुन्छ ।’